@ycharya: तपाईलाई कसैले या त साह्रै असल देखिरहेको हुन्छ भने कसैले अति नै खराब ! वास्तवमा तपाई न त त्यति धेरै असल मान्छे हो न त त्यति धेरै खराब नै ! किनकी हामीहरु सबै भित्र असल र कमसल दुवै बिशेषताहरु बिद्यमान हुन्छन ! तर फरक यत्ति हो कि कसैले तपाईभित्र सबै राम्रा गुणहरु मात्र देखिरहेको हुन्छ भने कसैले अवगुणहरु मात्र ! वास्तवमा तपाई एकदमै असल या खराब दुवै होइन ! तपाईलाई असल देख्नेहरुबाट तपाईले सिक्ने कुरा खासै केहि पनि हुँदैनन किनकी तपाईले उनीहरुलाई आँखा चिम्म गरेर विश्वास गरिरहनुभएको हुन्छ ! तर तपाईलाई खराब देख्नेहरुवाट भने पुरै फाइदै फाइदा भैरहेको हुन्छ ! किनभने तपाईलाई खराब देख्नेहरु नै तपाईको जीवनका निकै ठुला मार्गदर्शकहरु हुन, गुरुहरु हुन ! किनकी तपाईहरु अलिकति मात्रै गलत बाटोमा हिड्न लागेको देख्नासाथ उनीहरु तुरुन्तै चिच्याउन शुरु गरिहाल्छन, त्यसैले गर्दा त तपाई ठुलो दुर्घटनामा पर्नबाट सधैँ बचिरहनुभएको हुन्छ ! #VoiceEffects #ycharya #motivation #inspiration #inspiration #teacher #student #trading #viral