@mynametiktok_tik: เชรดดดดดดด‼️😛😁 ไลฟ์โค้ช🤪 #คําคมสอนใจ #ตลกๆขําๆ55 #ขึ้นฟีดเถอะ

🐈‍⬛บ้านนี้แมวดุ🐈‍⬛
🐈‍⬛บ้านนี้แมวดุ🐈‍⬛
Open In TikTok:
Region: TH
Tuesday 02 July 2024 04:45:45 GMT
715
33
6
1

Music

Download

Comments

To see more videos from user @mynametiktok_tik, please go to the Tikwm homepage.

Other Videos

नेकपाकी नेतृ तथा सल्लाहकार परिषद् सदस्य उषाकिरण तिम्सेनाले पार्टीको वर्तमान नेतृत्व, संगठनात्मक अवस्था र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले पुनर्गठन सुझाव कार्यदलद्वारा आयोजित छलफलमा बोल्दै उनले पार्टी अब पुरानै ढाँचामा अघि बढ्न नसक्ने बताइन्। तिम्सेनाले नेतृत्व हस्तान्तरण र संगठनात्मक रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै आफ्नो धारणा सार्वजनिक गरेपछि पार्टीभित्रैबाट अशोभनीय टिप्पणी आएको अनुभव सुनाइन्। राजनीतिक असहमतिभन्दा व्यक्तिगत आक्षेपले बढी पीडा दिएको उनको भनाइ थियो। उनले समाजमा फैलिएको बेरोजगारी, भ्रष्टाचार र निराशालाई पार्टीले गम्भीर रूपमा नबुझेको टिप्पणी गर्दै भदौ २३ र २४ का घटनालाई केवल षड्यन्त्र वा आवेगका रूपमा व्याख्या गर्न नहुने बताइन्। ती घटनालाई राजनीतिक दृष्टिकोणबाट समीक्षा गर्न सके मात्रै पार्टीको रूपान्तरण सम्भव हुने उनको धारणा थियो। तिम्सेनाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेतृत्वमाथि समाजमा व्यापक प्रश्न उठिरहेको उल्लेख गर्दै सत्ता र पहुँचमा रहेकाबाहेक धेरै नागरिकले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरिरहेको बताइन्। ओली अध्यक्ष बनेपछि पार्टीको मौलिक चरित्र कमजोर बन्दै गएको र
नेकपाकी नेतृ तथा सल्लाहकार परिषद् सदस्य उषाकिरण तिम्सेनाले पार्टीको वर्तमान नेतृत्व, संगठनात्मक अवस्था र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले पुनर्गठन सुझाव कार्यदलद्वारा आयोजित छलफलमा बोल्दै उनले पार्टी अब पुरानै ढाँचामा अघि बढ्न नसक्ने बताइन्। तिम्सेनाले नेतृत्व हस्तान्तरण र संगठनात्मक रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै आफ्नो धारणा सार्वजनिक गरेपछि पार्टीभित्रैबाट अशोभनीय टिप्पणी आएको अनुभव सुनाइन्। राजनीतिक असहमतिभन्दा व्यक्तिगत आक्षेपले बढी पीडा दिएको उनको भनाइ थियो। उनले समाजमा फैलिएको बेरोजगारी, भ्रष्टाचार र निराशालाई पार्टीले गम्भीर रूपमा नबुझेको टिप्पणी गर्दै भदौ २३ र २४ का घटनालाई केवल षड्यन्त्र वा आवेगका रूपमा व्याख्या गर्न नहुने बताइन्। ती घटनालाई राजनीतिक दृष्टिकोणबाट समीक्षा गर्न सके मात्रै पार्टीको रूपान्तरण सम्भव हुने उनको धारणा थियो। तिम्सेनाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेतृत्वमाथि समाजमा व्यापक प्रश्न उठिरहेको उल्लेख गर्दै सत्ता र पहुँचमा रहेकाबाहेक धेरै नागरिकले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरिरहेको बताइन्। ओली अध्यक्ष बनेपछि पार्टीको मौलिक चरित्र कमजोर बन्दै गएको र "ओलीकरण" भएको आरोप पनि उनले लगाइन्। उनका अनुसार अध्यक्ष ओलीकै नेतृत्वका कारण पार्टी सदस्यता नवीकरण नगर्ने र सक्रिय राजनीतिबाट टाढिने कार्यकर्ताको संख्या बढ्दो छ। आफूले त्यस्ता धेरै कार्यकर्ता भेटेको अनुभव पनि उनले सुनाइन्। नुवाकोटको संगठनात्मक अवस्थालाई उदाहरण बनाउँदै उनले स्थानीय तहमा पार्टी कमजोर बनेको, अनुशासन कार्यान्वयन गर्न नसकेको र जनताले त्यसैका आधारमा मूल्यांकन गरिरहेको बताइन्। पछिल्लो निर्वाचनमा मत माग्न जाँदा जनताबाट नेतृत्वका निर्णय र भदौ २३ का घटनाबारे तीखा प्रश्नको सामना गर्नुपरेको अनुभव पनि उनले साझा गरिन्। तिम्सेनाले पार्टीका विगतका निर्णय, मीनबहादुर गुरुङको जग्गा प्रकरण, राप्रपासँगको सहकार्य तथा कमल थापालाई सूर्य चुनाव चिह्न उपलब्ध गराइएको विषयलाई समेत सार्वजनिक समीक्षा गर्नुपर्ने धारणा राखिन्। गठबन्धन सरकारसमेत सिद्धान्तभन्दा सत्ता अभ्यासका लागि बनेको टिप्पणी गर्दै उनले आत्मालोचना नगर्ने संस्कृतिले पार्टीलाई थप कमजोर बनाएको बताइन्। उनले आफ्ना गल्तीप्रति आफू माफी माग्न तयार रहेको उल्लेख गर्दै अध्यक्ष ओली पनि त्यसका लागि तयार छन् कि छैनन् भन्ने प्रश्न उठाइन्। समयमै गल्ती सच्याएर नेतृत्व हस्तान्तरण र संगठनात्मक सुधार नगरे पार्टी थप खुम्चिने चेतावनी दिँदै उनले प्रश्न उठाउने कार्यकर्तामाथि कारबाही गर्ने प्रवृत्तिले एमालेको साख घट्दै गएको निष्कर्ष सुनाइन्।#balensarkar

About