@humli03: प्रकृति नै हुन हामी सबै प्राणीका जननी धन्य प्रकृति हामी हौं जलश्रोतका धनी स्वच्छ वातावरण स्वर्ग झै हाम्रो देश क्या मिलेका छन् यहाँ हिमाल, पहाड, मधेश हिमगिरिबाट निस्किने नदी, खोला र झरना यि नै श्रृंगार हुन धर्ती माताको गहना कसैले अब मास्नु हुन्न वन-जंगल यो चराचुरुङ्गी, बाघ, भालुको हो बास स्थल जसले ठान्छ आफूलाई बलशाली देश काम यसपाली राम्ररी गरोस विशेष जलबायु परिवर्तनमा राखोस ध्यान यो पृथ्वीको कम गरोस तापमान ।।