@jagadishghimirejg: सुन्दरहरैँचामा दुई बालिकाको हत्या: फरार आमा पक्राउ लेटाङ, १९ भदौ ।मोरङको सुन्दरहरैँचामा दुई नाबालिका बालिकाको हत्या प्रकरणमा फरार रहिरहेकी आमा २२ वर्षीया अन्जना पौडेल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।घटना गत शनिबार, सुन्दरहरैँचा–७ स्थित केरा बगानभित्र, अर्जुन कार्कीका दुई छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की मृत अवस्थामा फेला परेपछि उजागर भएको हो। मृतक बालिकाहरू धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका–५ डिकुरे स्थायी घर भई हाल सुन्दरहरैँचामा बस्दै आएका थिए।घटना प्रकासमा आएपछि तत्काल फरार भएकी मृतककी आमा अन्जना पौडेल कार्कीलाई प्रहरीले विशेष सूचनाको आधारमा खोजी गरिरहेको थियो। अन्ततः बुधबार बिहान ६ बजे, झापाको बिर्तामोडमा पैदल हिड्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो। पक्राउपछि अन्जना कार्कीलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ।प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बालिकाहरूको हत्या घटनामा अन्जनाको संलग्नता रहेको आशंका गरेको छ। घटनाको गहिरो अनुसन्धान भईरहेको र यस सम्बन्धमा थप जानकारी सार्वजनिक गरिने प्रहरी स्रोतले जनाएको छ। समाजमा यस प्रकारका घटनाले सिर्जना गरेको आतंक र यसमा बालबालिका लक्षित हिंसात्मक गतिविधिले गम्भीर चिन्ता उत्पन्न गरेको छ। स्थानीय तहमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न र यस किसिमका घटनालाई रोकथाम गर्न प्रशासनले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ। यस घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनले प्रतिबद्धता जनाइसकेको छ।#fyp #tiktok #trending #foryou

Jagadish Ghimire
Jagadish Ghimire
Open In TikTok:
Region: BH
Wednesday 04 September 2024 19:45:19 GMT
331
10
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm homepage.

Other Videos


About