@prakashbc4: मैले केही समय अगाडी नेपाली चलचित्र पूर्ण बहादुरको सारङगी हेरेको थियो । कथामा एउटा बुबाले आफ्नो छोरोलाई असल बनाउनको लागि कतिसम्म मिहेनत गर्छ भन्ने देखाएको छ । कथा समग्रमा राम्रो छ । मैले यहाँ निर किन यो कथा सुनाउन मन लागेको हो भने कथाको एउटा ठाउँमा गाउँमा रत्यौली हुन्छ। केटा र केटी बीच दोहोरी हुन्छ । जसमा सर्त राखिएको हुन्छ कि यदि केटीले जिते केटाले केटीको घरमा हली बस्नु पर्ने, यदि केटाले जित्योे भने केटीले चाँही केटाको श्रीमती बनेर केटाको घरमा जार्नुपर्ने । यस्तो सर्तमा दोहोरी सुरु हुन्छ, र अन्तमा केटीले चाँही जानी जानी दोहोरीमा हारिदिन्छे र केटाले केटी लगेर जान्छ। बाटोमा केटाले सोध्छ किने हारेको तिमी? केटी भन्छे ‘मन परेको मान्छेलाई कसरी हली बनाएर राख्ने’ । उनीहरुको बिहे हुन्छ। छोरा पनि हुन्छ। अब दुई जनाको सोचाई फरक भईदिन्छ छोराको विषयमा। पूर्णबहादुरलाई छोरा सारङगी नै बजाओस् भन्ने हुन्छ अनि उसकी श्रीमतीको सोच, छोराले सारङ्गी नबजाएर अरु केही काम गरोस् भन्ने हुन्छ। किन कि उसलाई थाहा थियो गाइने भएर गीत गाउदै हिड्दा खेरि कस्तो हेपाइ हुन्छ भन्ने । उनीहरूको बीचको फाटो झनझन ठूलोे हुदै जान्छ। 😭😭😭 अन्त्यमा त्यही गाउँको उसकी श्रीमतीलाई पहिला मन पराउने केटा सहरबाट आउँछ बाटोमा पूर्णबहादुरकी श्रीमतीलाई भेट्छ। अनि सहरका राम्राराम्रा कुराहरु सुनाउँछ। यति सुनाइसकेपछि उसलाई लाग्छ कि सहर गएपछि त सुख पाइन्छ होला छोरालाई पनि कुनै राम्रो शिक्षा दिन पाइन्छ होला भन्ने लाग्छ। त्यो केटाले पनि म सहरमा तिमीालाई काम खोजिदिन्छु भन्छ। उसलाई राम्रो लाग्छ। पूर्णबहादुर बुबाको क्रियामा बसेको हुन्छ। त्योे केटाले पूर्ण बहादुरलाई चिठ्ठी लेख्यौ र हामी भागौ भन्छ।उसले हुन्छ भन्छे अनि चिठ्ठीमा चाँही म र छोरा सहर गयौ उतै काम गर्छु भनेर लेख्नु भन्छे। त्यो केटाले पनि हुन्छ त्यस्तै लेख्छु भन्छ र लेख्छ। तिमीले भनेको जस्तै लेखेको छु भनेर अब तीनै जना हिड्छन्।  😭😭😭 आधि बाटोेमा पुगेपछि आकाशमा बादल मडारिन्छ, बिजुली चम्कीन्छ। पानी पर्ला जस्तो हुन्छ। त्यतिबेला जब बिजुली चम्कीन्छ छोरा डरले भागेर घर फर्किन्छ। छोरालाई रोक्न पूर्णेकी श्रीमती पनि दगुरेर उसको पछि आउँछ अल्लीवर पुगीसकेपछि त्यो पूर्णेकी श्रीमतीलाई लैजाने केटो उसलाई रोक्छ र भन्छ अब फेर्किएर के गर्ने हो मैले त्यो चिठ्ठीमा तिमी मसँग पोइल गएको हो भनेर लेखेको छु। केटी खुब रुन्छे भन्छे "म कहाँ तसँग पोइल आएको हो त तैले मलाई त घर न घाटको बनाइदिइस् काम खोजी दिन्छु भनेर........... यसरी खुब रुन्छे। बाटोमै अलपत्र हुन्छे..... ❤️❣️❤️ मैले यो चलचित्र हेरिरहाँ जब त्यसरी पूर्णेकी श्रीमतीलाई ढाटेर त्यो मान्छेले लग्यो नि त्यसरी नै तिमीलाई पनि कुनै अर्को मान्छेले यसरी ढाटेर टाढा बनाउँछ कि जस्तो लाग्छ। किन कि यो समाजमा अझै मानिसको जात नमिले कै भरमा गरिब भएकै कारण सम्बन्धहरु टुटाउन परेको छ । यदि पूर्णे पनि गरिब र गाइने नभएको भए, उनीहरुको जात फरक नभएको भए पूर्णेकी श्रीमतीले पनि छोराको खुसिको लागि श्रीमानलाई छोडेर सहर जाने त्योे आट गर्थेन होला। अन्तरजातीय बिबाह गर्ने शाहास गर्थेन होला! #ktmmuser🇳🇵 #newtrend #nepalisong #virasong❤️❤️ #purnabahadurkosarangi #unfrezzmyaccount

Dear Comrade🫶❤‍🩹
Dear Comrade🫶❤‍🩹
Open In TikTok:
Region: NP
Monday 04 November 2024 11:05:58 GMT
159
31
2
52

Music

Download

Comments

lalitarawal01
lali🕉️✅ :
🥰🥰🥰
2024-11-04 12:05:33
0
laxmipandeya928
Laxmi pandeya :
🥰🥰
2024-11-04 11:12:34
0
To see more videos from user @prakashbc4, please go to the Tikwm homepage.

Other Videos


About