@chandra.khanal052: लखनउबाट मुम्बई जादै गरेको पुष्पक रेल दुर्घटना ! सयौंको मृत्यु , केही नेपालीहरु पनि परेको आशंका ! भारतको महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ भएको रेल दुर्घटनामा कम्तीमा १२ जनाको ज्यान गएको छ । दुर्घटनामा ५९ जना घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाह फैलिएपछि यात्रुहरू रेलबाट हाम फालेपछि घटना भएको हो ।रेलवे अधिकारीहरूका अनुसार पुष्पक एक्सप्रेसमा सवार यात्रुहरूले रेलको पाङ्ग्राबाट धुवाँ निस्किएपछि सम्भावित आगलागीको डरले रेलको लिकमा हाम फालेका थिए । त्यसक्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूमध्ये धेरैलाई किचेको जनाइएको छ ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुष्पक एक्सप्रेसबाट ३० देखि ३५ जनाले हामफालेका थिए । घटनास्थल मुम्बईबाट करिब ४ सय किलोमिटर टाढा रहेको जनाइएको छ । दुर्घटनामा नेपाली पनि परेको आशंका गरिएको छ । #sadnews #indiannews #foryou #trendingvideo #pradeshilife✈️✈️❤️❤️ #arghakhanchi_muser @C R R khanal 52