@harkarajrai56: माया यो कस्तो माया ??? संवेगहरुको संगालो हो जीवन ! सायद माया नभएको भए मानिस र जंगली जनावरमा के नै फरक हुन्थ्यो होला र ! आज अचम्म लाग्छ सम्झंदा माया पनि कति धेरै लागेको ! सायद देश र जनताको माया नलाग्ने हो भने दैनिक किन जान्थें होला र भीरपाखामा झुण्डिन र घोटिन ! नगरको प्रमुख हुँ आखिर म ! मेरा पदले पाउने सेवा सुबिधा भोग गर्दै बस्थें होला म पनि र बजेटै छैन भन्दै बहाना बनाउन सक्थें होला मैले पनि ! तर मन मान्दैन कहिले अफिसको काम फत्य गरेर जनतालाई पानी खुवाउन जङ्गल कुदूँ झै लाग्छ ! जङ्गल डढेलोलेले सखाप नबनावोस भनेर म दैनिक फायरलेन वनाउन जाने गर्छु पानीको पाइप नजलोस भन्नाखातिर ! माया कति साह्रो लाग्ने के छ्या ! अरुको पीरमा आफुलाई जलाउन सक्ने कस्तो खाले मन मेरो ! कहिले कहिँ म आफैलाई सम्झंदा अचम्म लाग्छ ! समस्या देखि भागेर अवसर खोज्न चाहेको भए म पनि कहिं कतै हुन्थें यो बेला ! तर दु:ख गर्नु नै मेरो नियतिको लेखान्त भए पछि के गर्नु म त्यही लेखान्त मेट्दैछु आज ! मलाई कसैले सघाऊन नसघाऊन म संधै भरि आफ्नो कर्म गरिरहनेछु ! अरुलाई पनि कर्म गर्नु पर्छ श्रम गर्नु पर्छ भनी सल्लाह दिइरहन्छु र आह्वान गरिहनेछु ! मलाई कसले के सम्झन्छ त्यो मेरो चासोको बिषय नै रहेन अब ! मलाई सिर्फ यति थाहा छ I am born to work and I work for all. म आफ्नो लागि आफ्नो मान सम्मान र नामको लागि जिउनेछैन ! म परिवार्तन ल्याउन आएको मान्छे आफु परिवर्तन भएर आफ्नो कर्म बिर्सेर विलाश गर्न आएको होइन ! कोकाहा खानेपानी श्रमायोजना एउटा सपना हो आवश्यकताले जन्माएको एउटा सपना र एउटा बिद्रोह ! विष्णु भगवानको पाऊ देखि निस्केर विष्णु भगवानकै रुप बराह हुँदै सप्त कोशीमा मिसिएर सागरमा पुग्ने पानी धरानलाई ल्याएर खुवाउनु कुनै बिकास मात्रै होइन यो एउटा लेखान्त हो ! मेरो भाग्यमा जुरेको एउटा असवर ! यसलाई समयको माग भन्दा पनि एउटा भाग्यको रुपमा हेरेको छु मैले ! यो एउटा इतिहास पनि हो ! मलाई जनताले त्यसै चुनेका थिएनन् ! जसको गुण मैले कर्मबाट तिर्दैछु र तिर्नेछु ! #harkasampang #mayor #dharan
evan I'm not from dharan bt i don't know why i loved this man❤️❤️❤️
2025-03-17 11:47:50
0
manju :
super hero harkha sir 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2025-03-18 06:05:23
0
Samjhana magar :
🙏👌so sweet
2025-03-17 13:31:07
0
kumari_Limbu_chamjong :
nice 👍👍👍❤❤💐💐💐
2025-03-18 03:37:51
0
Chamling chandri :
omg
2025-03-17 07:45:01
0
kamalaangdembe :
all is good 💯🙏🙏🙏👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️
2025-03-17 07:39:08
0
Tulasha Kandangwa :
nice👌👌🥰🥰🥰
2025-03-18 06:28:15
0
mandi :
Wow🥰🥰🥰❤️🙏
2025-03-17 08:32:57
0
Namita rai :
nice🙏🙏🙏🙏
2025-03-17 16:05:25
0
SANGGE SHERPA :
संसार भरिमै यदि कोही महान छ त् त्यो सिर्फ “हर्क साम्पाङ”🥰🙏
2025-03-17 11:21:34
16
सरु लिङ्देन :
यतिको चिलमा हुनुपर्छ मान्छे भएसि🥰🥰😄😄
2025-03-17 12:31:19
4
Devika Gurung 30@ :
कहिले काहीँ बच्चा जस्तै हुनु जरुरी छ सबैको प्यारो बन्न👌
2025-03-17 08:21:39
3
Nabin Joshi :
हरेक जनप्रतिनिधिले जनताको सेवक भएर काम गर्नु पर्छ हर्क साम्पाङ्ग जस्तै।अनि मात्र देश बन्छ। जनताले विशेष क्षमता र सीप भएकाहरुलाइ सत्मार्गमा समुहलाइ लैजान नेता छान्छ्न तर यहाँ छानेका नेताहरु कु मार्गमा
2025-03-17 12:09:48
2
Binod❣️ :
बच्पनको कत्तिको आद आउदो रहेछ त सर ??
2025-03-17 07:47:25
2
Chamling Rai rube :
तेति कै मेयर हुनु भयको हैना नि हरेक काम कुरा रहर रमाईलो गरेर साथ दिनु हुन्छ मेयर साप 🙏🙏🙏🌹🌹❤️❤️🧘🧘
2025-03-17 06:56:28
2
To see more videos from user @harkarajrai56, please go to the Tikwm
homepage.