रितिक वर :
तिमी मेरो जीवनको त्यो हिस्सा हौ जुन मेरो कथाको हरेक अध्यायमा सामिल रहनेछ, कुनै पानामा तिमी बनेर त कुनै पानामा तिम्रो यादहरु बनेर..! मेरो जीवनको कथाको तिमी त्यो पात्र हौ जुन बिना मेरो कहानी कहिल्यै पूरा हुने छैन ! तिमीसँगको भेट मेरो लागि ईश्वरीय वरदान हो जस्ले गर्दा म पूरा भएको छु ! म तिमीलाई यति प्रेम गर्छु कि यदि "तिमी र म"मा मैले एकजनालाई रोज्नु पर्यो भने म आफुलाई भुलेर तिमीलाई सम्झिने छु !! हामी साथ हौ या नहौ, तर तिम्रो लागि मेरा भावनाहरु हमेशा, सदाबहार रहिरहनेछ,! म तिमीलाई हमेशा यसरी नै प्रेम गरिरहन चाहन्छु, ! मलाई प्रेम गर्नलाई तिमी चाहिँदैन.. म हर त्यो कुरालाई प्रेम गर्छु जुनमा तिमी छौ, !! साच्चै म त हरेक कुरामा तिमी नै देख्छु,, मेरो नजरबाट हेर्दा तिमी केमा छैनौ होला, तिम्रो उपस्तिथि कहाँ छैन होला, पासमा नभएपनी तिमी साथमा हरपल छौ, मैले तिमीलाई मबाट कहिले अलग गरेकी नै छैन, तिमी त मभित्र छौ, ममा छौ, मैले फेर्ने हर सासमा छौ, मेरो शरीरका हर नशामा छौ, 'म' मा म कहिँ छैन कतै छ,! ममा बस् तिमी अनि तिमी मात्र छौ! यदि मलाई तिम्रो बाहिरी आवरणसँग प्रेम हुन्थ्यो त म अझै तिमीलाई याद गर्दिन थिए होला.. तर मलाई तिम्रो नामसँग प्रेम थियो, तिम्रो आवाजसँग प्रेम थियो, मलाई त ब्याक्तित्वसँग प्रेम थियो, जुन छाप तिमीले ममा बसाएको छौ, त्यो मेटाउन सायद म नै मेटिनुपर्छ ! थाहा छैन अन्त्यमा कस्को भाग्यमा जुरेको छु म, तर आश सधै तिम्रो नै हुनेछ..! मेरा हर खुसीहरु तिमीसम्म गएर सकिनेछ...!
2025-08-27 17:10:58