प्रिय साथी, भाई, दिदी, दाजु, बुबा-आमा,
आज हाम्रो धेरैजसो प्रहरी चौकीहरू भत्किएका छन्। बस्ने ठाउँ छैन, कुर्सी छैन, आराम गर्ने सुविधा त झन् परै छोडौँ। तर पनि प्रहरी अधिकारीहरू दिनरात सडकमा गस्ती गर्दै, त्यही भत्किएका चौकीमै ड्युटी गरिरहेका छन्। हामी तपाईं सबैलाई हार्दिक अनुरोध गर्दछौ सकेसम्म सहयोग गर्नुस् । Sleeping bag, Mat, खाना वा बस्न /सुत्न मिल्ने ठाउँ-जुनसुकै सहयोग अमूल्य हुनेछ।
सामान्य सानो सहयोगले पनि उनीहरूलाई ठूलो राहत दिनेछ। यस कठिन घडीमा हाम्रो साथ, हाम्रो माया र सहयोग नै उनीहरूको सबैभन्दा ठूलो बल हो।