@nepalinlife: पशुपतिनाथ मा भारतीय पुजारी किन? भन्ने हरुका लागि यो अन्तिम सम्म केहि समय दिएर पढ्नु होला🙏 धन्यवाद🙏 संसारकै सबैभन्दा धेरै हिन्दुहरुको आस्था बोकेको मन्दिर श्री पशुपतिनाथमा भारतीय ब्राह्मण भट्ट मूल पुजारी छन् भने भारतको काशीमा रहेको भारतकै सबैभन्दा महान् शिव मन्दिर विश्वनाथमा नेपाली ब्राह्मण मूल पुजारी छन् । काशीनाथ मन्दिरको मूल पुजारी बन्नको लागि संसारभरिका हजारौं पूजारीसँग प्रतिस्पर्धा गरेर मात्र सम्भव छ भने हाम्रो श्री पशुपतिनाथ को मूल पूजारी बन्न हजारौं गुण र ज्ञानले पोख्त हुनु पर्छ। हाम्रो श्री पशुपतिनाथ मन्दिरका मुल पुजारी किन भारतीय नै? ब्राम्हण २ प्रकारका हुन्छन: पहिलो शुक्ल यजुर्वेदी अनि दोश्रो कृष्ण यजुर्वेदी। शुक्ल यजुर्वेदी ब्राम्हण भनेका नेपालका ब्राह्मण हुन्, तर कृष्ण यजुर्वेदी ब्राम्हण भनेको दक्षिण भारतको पनि कर्नाटक, महाराष्ट्र, आन्ध्र लगायतको २/४ स्थानमा मात्र पाइने ब्राह्मण हुन् ! नेपाल देश भनेको मन्त्र एवं तन्त्र साधना द्वारा बाँधिएको एक दिव्य भूमि हो। यहाँ गरिबी छ तर पनि मानिसले आफ्नो संस्कार त्यागेका छैनन्, फल:स्वरूप त्यत्रा शक्तिशाली पश्चिमा राष्ट्रहरूले समेत नेपाललाई इतिहासको कुनै कालखण्डमा हराउन सकेनन् ! त्यसैले त हामीले निकम्मा नेतृत्व पाउदा समेत यो देश भगवान भरोसा मै चलिरहेको छ! श्री पशुपतिनाथ नेपालको इष्टदेव हुन् ! इष्टदेव अर्थात् नेपालको कुल देउता! यहाँलाई थाहा छ या छैन, भगवान शिवको शिवांश खान मिल्दैन.. त्यसैले हो, शिवलाई कुनै पनि प्रसाद चढाइदैन ! केवल बेलपत्र, जल, दुध आदी मात्र चढाईन्छ ! तर कुनै कारणवश् भगवान शिवलाई फलफूल प्रसाद चढाइयो भने पनि खान मिल्दैन ! खान हुदैन ! बुझ्ने मान्छेले भगवान शिवको प्रसाद निधारमा लगाउछन तर खादैनन्, दोष लाग्छ ! कुल देवता भनेको पिता समान् हुन! त्यसैले भगवान शिव नेपालको इष्ट देवता हुनुहुन्छ ! पशुपतिमा पुजारी हुनको लागि कृष्ण यजुर्वेदी नै ब्राम्हण चाहिन्छ! कृष्ण यजुर्वेदी ब्राम्हणको विशेषता के हुन्छ भने; यदि उनीहरूको घर परिवारमा कसैको मृत्यु भइहाल्यो भने हात मुख धोएर आएपछि सकिन्छ ! जुठो बारेर बस्न परेन ! जसको कारण पुजाआजामा कहिल्यै अवरोध सिर्जना हुदैन! भगवान शिव भनेको तन्त्र साधनाका प्रणेता हुन! तन्त्र शास्त्र के हो पहिले यसलाई बुझौ: तन्त्र साधना ३ भागमा विभाजन गरिएको छ ! आगम तन्त्र यामल तन्त्र र मुख्यर तन्त्र । आगम तन्त्रमा शैवागम, रुद्रागम र भैरवागमन प्रमुख हुन्छ । यो कुरामा कृष्ण यजुर्वेदीहरू निपूर्ण हुन्छन। वैदिक ज्ञानको साथ साथै आगम तन्त्रको ज्ञाता नभई पशुपतीको पुजारी बन्न पाइदैन ! एक होईन पशुपति पुजारी बन्नको लागि कयौँ चरण पार गर्नुपर्दछ ! धेरै विधिविधानहरूमा निपूर्ण हुन पर्दछ ! यहाँ सम्म कति बिहे गर्न पाउने, कति सन्तान जन्माउन पाउने त्यो समेत उल्लिखित छ विधिविधानमा! शास्त्र जान्दैमा मात्र पुजारीको लागि योग्य बन्न सकिदैन ! तन्त्रसाधना भित्र पनि कयौँ गुह्य विद्या छन् ! सम्मोहन, त्राटक, त्रिकाल, इन्द्रजाल, परा, अपरा र प्राण विद्या यी सबैमा निपूर्ण हुन्छन् पशुपतिको पुजारी ! तन्त्र साधनाको प्रथम उपदेशक शिव हुन् ! शिव पश्चात् भगवान दत्तात्रेय, नारद, परशुराम, पिप्पलादि, वसिष्ठ, सनक, शुक:, सन्दन, सनतकुमार, भैरव, भैरवी, काली आदी धेरै तन्त्र साधकहरू त्यसपछि देखापरे ! शान्ति कर्म, वशीकरण, स्तम्भन, विद्वेषण, उच्चाटन, मारण आदि कर्ममा तन्त्र साधक निपूर्ण हुनु पर्दछ । त्यति मात्र नभएर मारण, मोहनं, स्तम्भनं, विद्वेषण, उच्चाटन, वशीकरण, आकर्षण, यक्षिणी साधना, रसायन क्रिया आदि प्रयोगमा साधक निपूर्ण हुनुपर्छ ! हामीले सुन्दै आएका मन्त्रहरूको आफ्नै प्रकार छन् । मन्त्रहरू ३ प्रकारका हुन्छन् । १. वैदिक मन्त्र २. तान्त्रिक मन्त्र र ३. शाबर मन्त्र कृष्ण यजुर्वेदीहरू ३ वटै मन्त्रमा निपूर्ण हुन्छन् । तन्त्र साधकहरूले देवी काली, अष्ट भैरवी, नवदुर्गा, दस महाविद्या, अनि ६४ योगिनी आदिको साधना गर्दछन् । त्यसैगरि बटुक भैरव, काल भैरव, नाग महाराज आदिको पनि तन्त्र साधकले पुजन गर्दछन् ! यिनीहरूलाई छोडेर यदि तन्त्र साधकले यक्षिणी, पिशाचिनी, अप्सरा, वीर साधना, गंधर्व साधना, किन्नर साधना, नायक नायिका साधान, डाकिनी-शाकिनी, विद्याधर, सिद्ध, दैत्य, दानव, राक्षस, गुह्मक, भूत, वेताल, आदिलाई पुजन गर्दछ त्यो स्वयं पतन हुन्छ! धेरै नियम छन् पशुपतिको पुजा र अर्को तथ्य, तन्त्र मार्गको श्रीविद्याको अत्यधिक उपासना हुन्छ। त्यसैले पशुपतिमा भारतबाटै ल्याइएको भट्टलाई नियुक्त गरिन्छ ! एउटा अर्को तथ्य कृष्ण यजुर्वेदिको के छ भन्दा यदि कृष्ण यजुर्वेदिको घरमा जुठो नै परेपनि नुहाउँदा बित्तिकै चोखिन्छ, जुठो लाग्दैन र नित्य पूजा रोकिँदैन!! पशुपतिको नित्य पूजा कहिले पनि नरोकियोस् भनेर यस परम्पराको ब्राह्मण राखिन्छ - साभार 🚩🙏 जय सनातन 🙏🕉️
LifeInNepal
Region: NP
Friday 15 August 2025 23:19:18 GMT
Music
Download
Comments
There are no more comments for this video.
To see more videos from user @nepalinlife, please go to the Tikwm
homepage.