Bikash Shah :
बिश्वामित्र ऋषि, च्यवन ऋषि, ययाति राजा, सौभरि ऋषि, पराशर ऋषि जस्ता महापुरुषहरूले पनि कठोर तपस्या गरिरहे तापनि, जब अप्सरा वा स्त्रीहरू उनीहरूको नजिक आइन्, स्त्रीहरूको चाल–ढाल र रूप–सौन्दर्यले उनीहरूलाई कामवासना तर्फ मोडिदियो। जसरी आगोमा घिउ परेपछि पग्लन्छ, त्यस्तै स्त्रीको आकर्षणले ऋषिहरूको तपस्या पनि पग्लियो।
त्यसैले शास्त्रले चेतावनी दिएको छ कि स्त्री–पुरुषले एकान्त स्थान—चाहे डेटिङ स्पट होस्, होटल, वनजंगल वा अन्य ठाउँ—मा सँगै जानु हुँदैन। त्यस्तै, शास्त्रमा भनिएको छ, स्त्रीले आफ्नो छोरा वा दाजु–भाइसँग पनि अनुचित नजिकको सम्बन्ध राखेर बस्न हुँदैन; दूरी र मर्यादा कायम राख्नुपर्छ।
यही मर्यादा र संयमलाई बिर्सेर आज समाजमा अनैतिक घटनाहरू बढिरहेका छन्। अर्को कुरा, शास्त्रले भनेको छ—महिलालाई अरूबाट बचाउने जिम्मा श्रीमान्ले पत्नीलाई, छोराले आमालाई, परिवारले परिवारका नारीहरूलाई सुरक्षित राख्नुपर्छ।
निष्कर्षमा भन्नुपर्दा, ‘फ्रीडम’ को नाममा मर्यादा भङ्ग हुँदा समाज विघटन हुन्छ। यस्तो विकृति रोक्नु अत्यावश्यक छ। नारी घरको गहना हुन्—उनीहरूलाई अरूको आँखाको भोग्य वस्तु नबनाई, नग्नता वा असंयमित आचरणबाट बचाई, आपसमा सम्मान र आदर गर्दै सबैलाई सुरक्षित राख्नु नै वास्तविक संस्कार हो।
2025-09-05 09:30:29