@diaries.45: हामी पुस्ता–Gen Z– अब मौन बस्दैनौं। हाम्रो देशमा बढ्दो भ्रष्टाचार, अन्याय र गैरजिम्मेवार सरकार को कारण आम जनताले भोगिरहेको पीडा हामीले प्रत्यक्ष देखिरहेका छौं। तै माथी आज यिनि भ्रष्ट , हत्यारा नेताले गरेको युवाहरु को हत्याको बदला अवश्य लिइने छ।अब समय आएको छ कि नयाँ पुस्ताले परिवर्नको लागि कदम चालोस्।#corruption #genz #stop समय: बिहान १०बजे स्थान :जिल्ला प्रशासन कार्यालय धनगढीमा भोलि शान्तिपूर्ण आन्दोलन भ्रष्टाचार विरुद्ध बलियो आवाज उठाउन हामी सबै सडकमा उत्रिदैछौं। हाम्रो आन्दोलन: न त कुनै राजनीतिक दलको स्वार्थका लागि हो न त व्यक्तिगत लाभका लागि यो आन्दोलन केवल भ्रष्टाचारविरुद्ध, पारदर्शी शासन प्रणालीका लागि, र न्यायपूर्ण समाज निर्माणका लागि हो। यदि कोहि हामी यो पार्टी त्यो पार्टी समर्थन गरेर तपाईको साथ दिन्छौ भनेर आउछौ भने घर बसे हुन्छ झोले हरु। सच्चा नेपाली भएर आज बगेको रगतलाई न्याय दिलाउन सडकमा आउछौ भने मात्र आउ।। यो हाम्रो पुस्ताको आन्दोलन हो, हाम्रो अधिकार हो, हाम्रो जिम्मेवारी हो। jay desh 🇳🇵jay nepal #dhangadhimuser