Aryan Bamrel 🇳🇵 :
अब आश छैन मलाई 🥺अब कसलाइ सोध्ने सिंहदरबार जलाउन जरुरी थियों । हाम्रा पुर्खाले १२२ बर्ष लगाएर रचेको ति नेपालको इतिहास जलाए खरानि बनाइदियौ। यो एउटा इट्टा र सिमेन्टको भवन जलेको होइन.........
नेपालीको लागि नेपाली इतिहास जल्यो, सिमा जल्यो, सान जल्यो,आशा जल्यो सन्धी जल्यो सम्झौता जल्यो सिङ्गो देश जल्यो म जले , सारा नेपाली जले।।जितेर नि हारेको महसुस भएको छ ।। म हारे, पू्र्खा हारे ..हिजो पनि हार्यो ,आज पनि हार्यो।। ७२ सालमा भूकम्पले चिरा पारेको सिंहदरबार दुनियासंग ऋण खोजेर १० वर्ष लगाएर बल्ल ८२ सालमा उभिएको थियो । यो कुनै नेताको पेवा थिएन। कुनै नेताले आफ्नो नाममा नामसारी गरेका पनि थिएनन् । राणा/ राजा/पञ्च/प्रजातन्त्र/गणतन्त्र मा सबैले शासन गरे । अब आउनेले पनि सायद त्यतैबाट शासन गर्छन होला । आज विध्वंस भयो । चीनसँग ऋण खोजेर बनाएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ( संसद भवन) पनि जलाइयो , ऐतिहासिक शीतल निवास पनि जलाइयो। सर्वोच्च अदालत पनि जलाइयो । गाउँमा एउटा वडा कार्यालय भवन बनाउँदा, विद्यालयको एउटा कोठा बनाउँदा , एउटा हेल्थ पोस्ट बनाउँदा कति लगानी लाग्छ, कति दुःख हुन्छ, कति समय लाग्छ ? यो त १०० वर्षको इतिहास र पहिचान बोकेको राष्ट्रको सम्पदा जलेर खरानी भयो । सिंहदरवार जलाउँछु भन्नेको सपना पूरा भयो अब देश र जनताको सपना पूरा होला ?सिंहदरबार त जलाइदियौ भोलिबाट नयाँ बनेको सरकार त्रीपाल मुनि बसेर काम गर्छ होला हैन अब ? जितेर पनि हार महसुस भएको छ। नेपाललाई २५ बर्ष पछि धकेलिएको जस्तो लागेको छ। देशको पहिचान मात्र हैन आज देश नै जलाएको छ। हिजो हारेर रोएको यो मन आज किन जितेर पनि हास्न सकेको छैन।🥺 परिवर्तन जरुरी थियो तर विनाश परिवर्तन हैन। राष्ट्रिय सम्पति जलिरहेको छ ,मन पोलिरहेको छ , नेताहरु रावण भए नि देश लङ्का हैन नि जलाउनलाइ !!!
2025-09-10 07:39:01