Job Nepal :
अहिलेको कठिन परिस्थिति अवलोकन गर्दा मलाई स्पष्ट छ कि वास्तविक परिवर्तनको नेतृत्व गर्ने समूहलाई पछाडि धकेरी, मिडियामा अवसरवादी अनुहारहरूले आफ्नो चमक र प्रभाव प्रकट गरेको छ। व्यक्तिगत स्वार्थ, लोभ र लालचमा उनीहरूले आफूले नगरेको आन्दोलनलाई “मैले गरेको हुँ, म लिडर हुँ” भन्दै प्रस्तुत गरिरहेका छन्। यसमा Sudan Gurung सहित अन्य पार्टीका अवसरवादी, चम्चा र अनुचरहरू अग्रसर देखिएका छन्।
उनीहरूले वास्तविक Gen Z नेतृत्वलाई दबाउँदै, मौकावादी प्रवृत्ति र अवसरवाद अपनाएका छन्। यस्तो व्यक्तित्वलाई छोड्न सकिन्न। हाल देशको सम्पूर्ण स्रोत, संरचना र राष्ट्रिय सम्पत्ति जलेर वा नष्ट भइसकेका छन्। आगामी पाँच–दश वर्षभित्र नेपाललाई यही अवस्था बाट पुनर्निर्माण गर्नुपर्ने छ। पहिले नै भ्रष्टाचार, ऋण र अस्थिर प्रशासनले देशलाई अरबौं–खरबौँ ऋणमा डुबाएको छ।
यसैबीच, Susila Karki प्रधानमन्त्री हुनुमा पनि Gen Z मा असन्तोष छ। हामीलाई पाँच वर्षको लागि देशलाई वास्तविक, स्वच्छ, र प्रभावकारी नेतृत्व दिने योग्य व्यक्तित्व चाहिन्छ, जसले देशको भविष्य सुरक्षित बनाउन सक्छ। तर अहिलेको परिस्थिति देख्दा, जनता फेरि अपरिपक्व नेताको पछि लाग्ने, चम्चा र अवसरवादी अनुहारहरूलाई समर्थन गर्ने प्रवृत्तिमा छन्।
देशको यो जटिल परिस्थिति, भ्रष्टाचार र अस्थिर प्रशासनका कारण जनता पीडित छन्, Gen Z युवाहरूको बलिदान र त्यागको मूल्य सहजै दुरुपयोग भइरहेको छ। मौकाको फाइदा उठाउने, व्यक्तिगत स्वार्थ पूरा गर्ने र राजनीतिक चालखेल गर्ने सबै अवसरवादी अनुहारहरू सचेत रहुन।
भ्रष्ट, कुलङ्गार, नरभक्षी र राक्षसजस्ता नेताबाट देशलाई जोगाउन यो आन्दोलनले सयौं नेपाली युवाहरूको जीवन र त्याग खर्च गरेको छ। तर योगदानलाई सहजै दुरुपयोग गर्दै राजनीतिक चालखेल र अवसरवादी स्वार्थ पूरा गर्ने प्रयास जारी छ।
अहिले देश अति कठिन परिस्थितिमा छ। यसमा सबैले एकअर्काको खुट्टा तानेर मात्र आफ्नो स्वार्थ पूरा गर्ने अवसरवादी सबै स्यालहरू सजग रहुन।
2025-09-13 03:53:03