@nareshkc60: अहिले भखरै वि.सं.२०८२ भाद्र २४ गते Gen Z को नाममा गरिएको भीषण आन्दोलनको क्रममा सिंह दरबार आगोले ध्वस्त हुन पुग्यो । यो नेपालको सम्पत्ति मात्र नभएर सान र पुस्ताको इतिहास बोकेको दरबार थियो तर अब रहेन राष्ट्रको सम्पत्ति त्यो पनि राष्ट्रकै नागरिकहरु देखि तोडफोड साथै आगलागी गरियो यो भन्दा ठूलो मन दुख्ने कुरा के होला र खै ?😭 यस्तो थियो सिंहदरबारको इतिहास: सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा विसं १९६० (इ.सं १९०३) मा बनाउन लगाएको ऐतिहासिक तथ्य छ । यसको निर्माण शुरू भएको एक वर्षभित्र नै पूरा भएको थियो । निर्माण पूरा हुँदा यसमा एक हजार ७०० वटा कोठा थिए । सिंहदरबार निर्माणकालमा एशियाभरिको सबैभन्दा ठूलो दरबार थियो । निर्माणमा त्यस बेला रु पच्चीस लाख खर्च भएको तथ्याङ्क छ । विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखिएको हो । विसं २००७ पछि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यालयसहित सबै मन्त्रालय राखिएको थियो । विसं २०३० मा यहाँ ठूलो आगलागी भएपछि पछाडिपट्टिको धेरैजसो भाग नष्ट भयो । सिंहदरबारमा आगलागीपछि थुप्रै सरकारी कार्यालय अन्त सारियो । सिंहदरबार पुनःनिर्माण समितिमार्फत् परिसरमा थुप्रै नयाँ भवन बनेका थिए। प्रायः सबैजसो मन्त्रालय फेरि सिंहदरबार परिसरमै स्थापित भइसकेका थिए। युरोपेली शैलीमा वास्तुकारद्वय कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले डिजाइन गरेका हुन् । चन्द्र शम्शेर शिकार तथा कलाका सौखिन भएकाले सिंहदरबारका भित्ता शिकार गरिएका जनावर तथा युरोपेली शैलीका चित्रकलाले सजाइएको थियो । सिंहदरबारका लागि बत्ती तथा अन्य शुङ्गारका वस्तु युरोपबाट मगाइएको हो । भूकम्पअघि रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगको कार्यालय पनि यही भवनमा थियो । वेसमेन्टसहित पाँच तले सिंहदरबारको मूल भवनबाटै प्रमुख प्रशासनिक स्थलको नामाकरण भएको थियो। We will be rising again and I hope rebuilt soon then see you again.😭 #fpy #nepal #genz #protest #youth 🙏🏻🤐