@adhyatmadarshan: #विश्वकर्मा_पूजा_२०८२_असोज_१ #biswakarma_puja_के_कसरि_गर्ने?_सम्पुर्ण_बिधि_जय_बिस्वकर्मा_अध्यात्म बिहान उठेर स्नान सकेपछि चोखो कपडा लगाएर पूजा स्थानमा जाने अनि दियो बाल्ने र दियोको पूजा गर्ने त्यसपछि कलशको पुजा गर्ने, गणेशको पुजा पनि गर्ने अनि विश्वकर्माको फोटो या मूर्ति राखी विश्वकर्मा भगवानलाई सम्पूर्ण पूजा सामग्रीले पूजा गर्ने विशेषगरी विश्वकर्मा भगवानलाई पहेँला कपडा चढाएर अथवा रक्षासूत्र चढाएर पूजा गर्ने, विश्वकर्मा देवतालाई मीठा मीठा प्रसादीहरू लड्डु पेडा इत्यादि चढाउने अनि आफ्नो घरमा रहेको मोटरसाइकल साइकल अथवा सम्पूर्ण धातुजन्य वस्तुहरु, फ्याक्ट्री मा पनि सम्पूर्ण मसिन उपकरण इत्यादिलाई सम्भव हुँदासम्म पानीले सफा गर्ने अथवा जौ तिलको जलले सम्पूर्ण सामग्रीलाई शुद्ध गर्ने अनि सम्पूर्ण उपकरणहरूलाई रङ्गीबिरङ्गी धजाहरू तोरणहरू ध्वजा पताकाहरूले शृंगार गरेर सबैमा पूजा गर्ने प्रसाद चढाउने मसिन उपकरण गाडी घोडामा ओम अथवा स्वस्तिकहरू लेखिदिने र भगवानसहित सम्पूर्ण आफ्ना उपकरणहरूलाई धुपदीप आरती गरिदिने अनि विश्वकर्मा देवताले सधैँ रक्षा गर्नुहोला भनेर प्रार्थना गर्ने! पूजा सम्पन्न भएपछि आफ्ना सहकर्मी, फ्याक्ट्रीहरूमा काम गर्ने कामदारहरू,छरछिमेक तथा नातेदारहरुलाई पूजाको प्रसादीहरु वितरण गर्नुपर्छ । विश्वकर्मा देवतालाई यो मन्त्रले प्रार्थना गर्ने :- नमामि विश्वकर्माणं द्विभुजं विश्ववन्दितम् । गृहवास्तुविधातारं महाबलपराक्रमम् ॥१॥ प्रसीद विश्वकर्मा त्वं शिल्पविद्याविशारद । दण्डपाणे नमस्तुभ्यं तेजोमूर्ते महाप्रभो ॥२॥ #tranding_keepsupporting_creatorsearch #mantra_जयहो_सम्पूर्ण_देवताहरुको #अध्यात्म_दर्शन_भक्ति_मार्ग_keep_supporting