️ :
माफ गरिदेऊ ज्ञानेन्द्र सरकार! 💔🥀 सानै थिएँ, २०६२–६३ को आन्दोलनमा गएँ, तिम्रो वि‘रुद्ध नारा लगाएँ, हजुरबाले गाली गर्नुभएको सम्झन्छु, बाबाले कराउनुभएको सम्झन्छु, तर पनि केही दिन सहभागी भएँ । आज बुझ्दै छु—त्यो मेरो जीवनकै सबैभन्दा ठूलो भूल थियो । २०६७–६८ मा तपाईंले भन्नुभएको “एक दिन जनता आफैंले बुझ्छन्” भन्ने वचन सम्झिएँ, र हो, आज म धेरै कुरा बुझ्दै छु । २००७ सालदेखि आजसम्मका घटनाहरू हेरें, आन्दोलन नेताहरू खान नपाएर भएको रहेछ, तपाईं निरंकु’श भएर होइन, देश बचाउन खोजेर माघ १९ गते कदम चालेको रहेछौ भन्ने बुझेँ । २०१७ सालमा बुबाले गर्नुभएको जस्तै गर्न खोज्दा, यदि त्यो सफल भएको भए आज नेपाल स्वर्गझैं हुने थियो भन्ने पनि बुझेँ । ती कलिला बालबालिकाको बलिदान व्यर्थ गएको रहेछ, चो’रहरूसँग हातेमालो गर्नुको अर्थहीनता बुझें । आज देशको स्वाभिमान हराउँदा, अस्तित्व गुम्दा, नेपाल विदेशीको खेलमैदान बनेको देख्दा अझै धेरै कुरा बुझें । र यही कारणले आज मेरो मन तिमीमाथि झुकेको छ, म गल्तीको माफी पाउन योग्य छैन होला, तर पनि एकपटक तिमीलाई मनैदेखि भन्न मन छ—मलाइ माफ गरिदेऊ ज्ञानेन्द्र सरकार! 🙏❤
2025-09-22 17:10:13