@timewithprabhat: यो बहिनीको स्वरले मेरो मुटुसम्म स्पर्श गर्छ । तर, यिनी जापान जाने तर्खरमा छिन् । म चाहन्न कि हाम्रो देशको अर्को हीरा पनि विदेशियोस् । मलाई सङ्गीतको स्केल सम्बन्धी ज्ञान छैन । म यति जान्दछु सुस्मिताको स्वरले मेरो कानलाई हैन, मुटुलाई आनन्दित तुल्याउँछ । साँच्ची भन्नुपर्दा मलाई उसको स्वरले तारादेवी र अरुणा लामाको याद दिलाएको छ । म उसको केही न केही गीत रेकर्डिङ गराएर सबैलाई सुनाउन चाहन्छु । तर मलाई यसबारे धेरै ज्ञान छैन । थाहा हुने कोही हुनुहुन्छ भने कृपया बाटो देखाइदिनुहोला । उसलाई म्युजिक कक्षामा पनि भर्ना गराइदिन चाहन्छु । राम्रो म्युजिक कक्षा पनि कुन छ, सल्लाह दिनुहोला । #hiddentalent #timewithprabhat