@crajendra7: अस्ति जस्तो लाग्छ यही बरको बोटमुनि हामी गोठाला गर्थ्यौं, खेल्थ्यौं, हाँसथ्यौं, गीत गाउँथ्यौं। कति रमाइलो थियो त्यो बालापन, जहाँ हावा पनि साथी जस्तो लाग्थ्यो। तर आज… यो बर पनि एक्लो छ, म पनि। त्यो हाँसो, ती साथीहरू — सबै समयसँगै हराइरहेछन्। बाँकी छ त केवल सम्झना, र बरको छायाँ — जसले आज पनि ती दिनहरू सम्झाउँछ