@ratankarki17: जापानको टोकियोमा आयोजित महासत्ता सप्ताह पूजनीय दिनबन्धु पोखरेल गुरुवरको दिव्य वाचनसँगै हामी सम्पूर्ण सनातनीहरूका आस्था–श्रद्धामा कुनै चोट नपुगोस् भन्ने एकमात्र भावनाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। परदेशको व्यस्त दैनिकीबीच पनि नेपाली हिन्दू धर्म, संस्कृति र परम्पराप्रति यति धेरै माया, सम्मान र उर्जा देखाइदिनु मेरो लागि शब्दमा नअट्ने सौभाग्य बन्यो। भाइ सम्झेर बोलाइदिनुभएको त्यो स्नेह सधैं आत्मामा अमिट रहिरहनेछ। यद्यपि यस सप्ताहमा केही बाधा–अड्चन पैदा गर्ने हातहरू पनि देखिए… तर सत्य, श्रद्धा र शुभकामनाको बाटो कहिल्यै कसैको रोकावटले बन्द हुँदैन। हाम्रो संस्कृति उज्यालो हो— अन्धकारले ओझेल पार्न सक्दैन। नेपाली भएर नेपाली धर्म–संस्कृति रुचाएर यस विशाल भीडमा देखाउनुभएको एक–एक माया 🙏 शिर झुकेर प्रणाम। जय सनातन 🌺 जय नेपाल 🇳🇵✨ #सनातनधर्म #नेपालीसंस्कृति #TokyoEvent #JapanNepal #creatorsearchinsights