Tall whites⚜️ :
भाई ले समय मा नै बुद्दी पुराउनुभयो , उमेर छंदै बिदेश आउनुभयो हेर्नुभयो बुझ्नुभयो संघर्श गर्नुभयो तर बिदेश मा जिन्दगी काटेर सर्भाईभ गर्नुभन्दा आफनै देश फर्केको कता हो कता धेरै राम्रो । बिदेश मा स्टक भयो भने जीन्दगीभर नेपाल फर्कन पनि सक्दैन पैसा कमाउन पनि सक्दैनन , साथिभाईहरू सबै हराउछन , संधै एक्लो हुन्छ , बुढो हुंदै गएपछि जांगरहरू हराउछ , भनेजस्तो काम मिल्दैन, घरमा पैसा पठाउन सक्दैन , बिबहा गर्नपनि सक्दैन , थोरै पैसा लिएर नेपाल फर्कन पनि सक्दैन, त्यसैले म भन्छु कि जापन मा ४/५ बर्ष रातदिन काम गरेर थोरै पैसा बनाएपछि नेपाल उमेर छंदै फर्किहाल्नुस नत्र यंही स्टक हुन्छ पुरै जिन्दगी , जीबन घर न घाटको हुन्छ । जापन मा पनि अब एक्लै ले पैसा कमाउन सक्दैन ,,दिनदिनै बिदेशीहरूको लागी नियम कानुनहरू चेन्ज हुंदैछ, यंहाको आर्थिक स्थिति पनि खत्तम छ, ¥ प्रतीदिन खुस्किदै छ र जापन मा राम्रै पैसा भएपनि जीन्दगीभर बस्न सकीन्न , नेपाल नै कता हो कता रमाईलो छ । अहिले जापन लगाएत बिदेशमा करिब 60% नेपालीहरू स्टक भएका छन , नेपाल फर्कन सक्दैनन र उनहरू को उमेर पनि ढल्कदै गएको छ । मेरो एकजना साथि सन 1987 मा जापन आएर सन 2019 मा नेपाल बाट परिवार आएर फर्काउन सकियो उंहा को दिमाग ले राम्ररी काम गर्दैन अहिले। जापनले धेरैलाई stressful tension बनाएको छ । जापन को dark side भयंकर कहालिलाग्दो छ त्यसैले यो देशमा धेरै बस्नु हुंदैन
2025-11-25 22:34:32