@Roshan bista :मीठो बोल्ने सबै मित्र हुँदैनन्,र तितो बोल्ने सबै दुश्मन पनि हुँदैनन्।कतिपय मीठा शब्दहरू मुखबाट निस्किन्छन्,तर मनभित्र स्वार्थ र हिसाब किताब लुकेको हुन्छ।त्यो मीठासले केही समय त खुशी दिन सक्छ,तर समयसँगै यथार्थ देखिन्छअर्कोतर्फ,कतिपय तिता शब्दहरू सत्यको ऐना हुन्छन्।त्यो सुन्दा मन दुख्न सक्छ,तर कहिलेकाहीँ त्यही तितोपनले जीवन सही बाटोमा ल्याउँछ।जिन्दगीमा मान्छे चिन्ने मापदण्ड उसको बोलाइ मात्र होइन,उसको व्यवहार, साथ, र समयले देखाएको इमान्दारिता हो।त्यसैले,मीठो सुनेर नजिक नहुने,तितो सुनेर टाढा नहुने—पहिला मन र नियत बुझ्न सिक्नुपर्छ मिलनको जानकारी हजुरलाइ