@deukhuripahichan: बिगत ८–९ महिनाअघि दाङ जिल्लाअन्तर्गत गढवा गाउँपालिका वडा नं. १ को चिसापानी सिर्पाली टोलमा बर्खायाम सुरु भएसँगै जनजीवन अत्यन्तै कष्टकर बनेको थियो। निरन्तरको वर्षाका कारण सडकहरू हिलाम्मे भएका थिए आवत–जावत पूर्ण रूपमा अवरुद्ध थियो र स्थानीय बासिन्दाहरू दैनिक आवश्यकतासमेत पूरा गर्न कठिन अवस्थामा पुगेका थिए। बिरामीलाई स्वास्थ्य चौकी पुर्याउन समस्या विद्यार्थीलाई विद्यालय जान कठिनाइ र कृषकले उत्पादन बजारसम्म पुर्याउन नसक्ने अवस्था सिर्जना भएको थियो। समग्रमा भन्नुपर्दा उक्त क्षेत्रको अवस्था अत्यन्तै दयनीय र पीडादायी बनेको थियो। यही पीडादायी अवस्थालाई सबैको ध्यानाकर्षण गराउने उद्देश्यले मैले चिसापानी सिर्पाली टोलको वास्तविक अवस्थालाई भिडियोमार्फत कैद गरी फेसबुक टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक गरें। पक्षात स्थानीय जनताको समस्या समाधानतर्फ पहल होस भन्ने आशामा। तर यति धेरै प्रयास गर्दा पनि दुःखका साथ भन्नुपर्छ—दाङ क्षेत्र नं. १ बाट निर्वाचित कुनै पनि माननीय सांसदज्यूहरूबाट उल्लेखनीय चासो पहल वा सहयोग प्राप्त हुन सकेन। जनताको पीडालाई नजिकबाट बुझ्नुपर्ने जनप्रतिनिधिहरूको मौनताले स्थानीयवासीहरू अझ निराश बने। यही निराशाजनक परिस्थितिका बीच समाजप्रति गहिरो उत्तरदायित्व बोध गर्दै आउनुभएका समाजसेवी आदरणीय विनय वि सी दाजु स्वयं चिसापानी सिर्पाली टोलमा आइपुग्नुभयो। कुनै औपचारिक पद अधिकार वा राजनीतिक ओहदा नभए पनि उहाँ जनताको दुःख–सुख बुझ्ने सच्चा अभिभावकका रूपमा त्यहाँ उपस्थित हुनुभयो। उहाँले स्थानीयवासीहरूको समस्या ध्यानपूर्वक सुन्नुभयो पीडामा सहानुभूति प्रकट गर्नुभयो र भावुक हुँदै भन्नुभयो—मैले के गर्न सक्छु म अवश्य गर्छु। उहाँका ती शब्दहरूले पीडित जनताको मन जित्नुभयो त्यो समय उहाँ न त जनप्रतिनिधि हुनुहुन्थ्यो न त सांसद नै। तर समस्या पर्दा जनतालाई माया गर्ने जनताको पीडालाई आफ्नै पीडा ठान्ने र सेवामा निस्वार्थ समर्पित हुने व्यक्ति वास्तवमा कस्तो हुनुपर्छ भन्ने कुरा उहाँले व्यवहारबाटै प्रमाणित गर्नुभयो। राजनीतिक पद नभए पनि समाजसेवाको भावना इमानदारी र उत्तरदायित्व भने उहाँमा प्रशस्त रहेको कुरा त्यस घटनाले स्पष्ट देखायो। आज त्यही जनताको प्रेम सेवाभावी कर्मशील र ऊर्जाशील युवाशक्ति आउँदो प्रतिनिधिसभा अर्थात संघीय चुनावमा उम्मेदवारी दिन अग्रसर हुनुभएको छ। यो केवल एउटा व्यक्तिको उम्मेदवारी मात्र होइन जनताको पीडा बुझ्ने नेतृत्वको आवश्यकता र आशाको प्रतीक हो। अब समय आएको छ—व्यक्तिगत स्वार्थ पार्टीगत आग्रह वा पुरानै सोचबाट माथि उठेर सही निर्णय गर्ने। अब हामीले हाम्रो मान्छे होइन राम्रो मान्छे छान्नुपर्छ। जनताको दुःखमा साथ दिने आवश्यकता पर्दा जनतामाझ पुग्ने र सेवा नै धर्म ठान्ने नेतृत्वलाई अवसर दिनु आजको आवश्यकता हो। चिसापानी सिर्पाली टोलको त्यो कठिन समयले हामीलाई यही पाठ सिकाएको छ—साँचो नेता पदले होइन कर्मले चिनिन्छ।Binay Budhathoki Chhetri