@kamal.pujara.offi: प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले विवाह गरेका छन् । उनले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका-१७ की सर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् । परियारले शर्मीलासँगकाे प्रेमलाई विवाहमा परिणत गरेकाे जानकारी दिए । मित्रकाेटी पाेखरामा व्यवसाय गर्छिन् । उनी पहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेको तर अहिले व्यवसायमै मात्र सक्रिय रहेको विवाहमा सरिक भएका अशोक खड्काले जानकारी दिए । परियार पनि राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान प्रमुख सचेतक हुन् । तर अहिले उक्त पार्टी परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका हुन् । #trending #viraltiktok #video