@usa_nepal11news: Good Job: जापानको नागोया सहरमा नेपाली युवाले आफ्नो एक वृद्ध नागरिकलाई ठुलो रकम ठगी हुनबाट बचाएका छन्। नागोयास्थित 'सेभेन इलाभेन' कन्भिनियन्स स्टोरमा कार्यरत २३ वर्षीय दीपेन्द्र गौतम ले ३ लाख जापानी येनको ठगी रोकेका हुन्। गत नोभेम्बर ३० तारिखमा एक वृद्ध ग्राहक हतारिँदै स्टोरमा आएर १०–१० हजारका तीनवटा प्रिपेड कार्ड किन्न खोजेपछि दीपेन्द्रलाई शंका लागेको थियो। उनले ग्राहकलाई सोधखोज गर्दा वृद्धले "ऋण तिर्न लागेको" बताएपछि दीपेन्द्रले तुरुन्तै प्रहरीलाई खबर गरे। आफ्नो स्टोरको व्यवस्थापकबाट पाएको ठगी सम्बन्धी जानकारीका कारण उनले समयमै सही निर्णय लिन सकेका हुन्। यो प्रशंसनीय कार्यको लागि नाका प्रहरी कार्यालयले दीपेन्द्रलाई शुक्रबार सम्मान पत्र प्रदान गरेको छ । प्रहरी प्रमुख कावाई हिरोआकीले विदेशी नागरिकले जापानको अपराधको प्रकृति बुझेर ठगी रोक्न मद्दत गरेको भन्दै उनको सराहना गरे। #japan #nepaliinjapan #fyp #unfrezzmyaccount

क्षितिज पारी 🇳🇵🇺🇸
क्षितिज पारी 🇳🇵🇺🇸
Open In TikTok:
Region: NP
Monday 26 January 2026 10:53:01 GMT
16905
356
2
2

Music

Download

Comments

susmikhatiwada1
Sumi❤️(Momof2)🤗 :
🙏🙏🙏
2026-01-26 15:33:37
0
s_a_n_e_1
SuMan :
🥰🥰🥰
2026-01-27 03:21:53
0
To see more videos from user @usa_nepal11news, please go to the Tikwm homepage.

Other Videos


About