@aurahealer3: कवि हेमन्त गिरीले रास्वपा नेता बालेन शाहको पछिल्लो अभिव्यक्ति र व्यवहारलाई राजनीतिक रूपमा सबैभन्दा परिपक्क भन्दै प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गिरीले विगतमा बालेनका केही आनीबानी, काम र अभिव्यक्ति आफूलाई मन नपरेको स्वीकार गरेका छन्। उनले आफूले नै साथीभाइसँग “बालेन राजनीतिक रूपमा mature छैनन्” भन्ने गरेको पनि उल्लेख गरेका छन्। तर पछिल्लो समय बालेनको व्यवहार र सार्वजनिक प्रस्तुति उल्लेखनीय रूपमा बदलिएको उनको भनाइ छ। “अहिले सबभन्दा परिपक्क अभिव्यक्ति र व्यवहार बालेनले देखाइरहेका छन्,” गिरीले लेखेका छन्। उनका अनुसार बालेनले न त विपक्षी वा विरोधीलाई गाली गरेर भोट मागेका छन्, न त अराजनीतिक टिप्पणी नै गरेका छन्। बरु उनी जनतासँग प्रत्यक्ष भेटघाटमा छन्, सँगै खाएका छन्, सँगै हिँडेका छन् र देश बुझ्ने तथा भुगोल जोड्ने प्रयासमा देखिएका छन्। गिरीको निष्कर्ष छ— “अब हामीले भन्न सक्छौं—हामीले खोजेको बालेन यस्तै हो, र सायद प्रधानमन्त्री पनि।” कवि गिरीको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा बालेनको नेतृत्व शैली परिपक्व बन्दै गएको संकेतका रूपमा लिइएको छ। #hellosamaj