@jagadishghimirejg: २ करोडको डिमाण्ड, २० लाखको सहमति; पैसा नपाउँदा श्रीमानले बेइज्जत गरेको रश्मीको दाबी अमेरिकामा रहेकी रश्मी पनेरुले आफ्ना श्रीमान योगेन्द्र भाटले लगाएको 'पाकिस्तानी नागरिकसँग लिभिङ टुगेदर' मा रहेको आरोपको प्रतिवाद गरेकी छिन्। उनले आफू कुनै पनि पुरुषसँग लिभिङ टुगेदरमा नरहेको स्पष्ट पार्दै, पाकिस्तानी नागरिक केवल एक सहयोगी साथी मात्र भएको दाबी गरेकी छिन्। आफू सानो अपार्टमेन्टमा एक्लै बसेर दुख गरिरहेको बताउँदै उनले आरोप प्रमाणित गर्न चुनौती समेत दिएकी छिन्। रश्मीका अनुसार यो विवादको मुख्य कारण आर्थिक बार्गेनिङ हो। सुरुमा श्रीमानले २ करोड रुपैयाँ माग गरेको र पछि २० लाख दिने सहमति भएको भए तापनि, तुरुन्तै पैसा दिन नसक्दा आफ्नो बेइज्जत गरिएको उनले बताएकी छिन्। श्रीमानले डिभोर्स नदिएर आफूलाई लगातार मानसिक तनाव दिइरहेको रश्मीको गुनासो छ।#nepalimuser #foryoupage #nepalikanda #foryou #kanda