@chotkari: Breaking: वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गर्दै नेपाली कला क्षेत्रले एक अनुभवी र सम्मानित कलाकार गुमाएको बताएका छन्। थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय रहँदै आएका थिए। चरित्र अभिनयमा सशक्त पहिचान बनाएका उनले थुप्रै चर्चित नेपाली फिल्महरूका साथै केही भारतीय चलचित्रमा समेत अभिनय गरेका थिए। कला क्षेत्रमा उनको योगदान उल्लेखनीय रहेको भन्दै सहकर्मी कलाकार, शुभेच्छुक र प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापाको पार्थिव शरीरको अन्त्येष्टि र श्रद्धाञ्जली कार्यक्रमबारे परिवारले छिट्टै जानकारी दिने जनाएको छ। उनको निधनले नेपाली चलचित्र क्षेत्र शोकमा डुबेको छ। . . . #chotkari #chotkarinepali #breakingnews #sunilthapa #dead