@pukarbam.official: परिवर्तनका लागि बढ्दो लहर: काठमाडौं-४ मा रास्वपा थप सुदृढ! 🔔 आज काठमाडौं महानगरपालिका वडा नं. ८ बाट नेपाली कांग्रेसका वडा उपसभापति कृष्ण ओडारी ज्यूको नेतृत्वमा ५२ जना व्यक्तित्वहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा स्वागत गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ। पुराना दलहरूको कार्यशैली र डेलिभरीप्रति निराश नागरिकहरूका लागि रास्वपा एउटा आशाको केन्द्र बनेको छ। हामी कुरा होइन, काम र परिणामको राजनीतिमा विश्वास गर्छौं। आज हाम्रो अभियानमा जोडिनुभएका सबै साथीहरूको आगमनले काठमाडौं क्षेत्र नं. ४ मा नयाँ ऊर्जा थपेको छ। 🙏🔔 जय घण्टी ! जय रास्वपा ! ! 🙏🔔 #PukarForKtm4 #Ktm4 #VoteForPukar #Ghanti #RSP