@usa_nepal11news: जापानमा आइतबार सम्पन्न तल्लो सदनको निर्वाचनमा प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले भारी बहुमत प्राप्त गर्ने देखिएको छ। ताकाइची जापानको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेको केही महिनामै उनले लिएको यो राजनीतिक जोखिम सफल भएको देखिन्छ। जापानमा यस पटकको निर्वाचन प्रतिकूल मौसमका बीच सम्पन्न भयो। ३६ वर्षपछि पहिलो पटक फेब्रुअरी महिनामा निर्वाचन गराएको भन्दै ताकाइचीको आलोचना भए पनि नतिजाले उनको व्यक्तिगत लोकप्रियता अझै कायमै रहेको पुष्टि गरेको छ। सत्तारुढ गठबन्धन (LDP र जापान इनोभेसन पार्टी) ले कुल ३०० देखि ३६६ सम्म सिट जित्ने अनुमान गरिएको छ। यता विपक्षी दलहरूको 'सेन्ट्रिस्ट रिफर्म एलायन्स' भने निकै कमजोर देखिएको छ। यो जितसँगै प्रधानमन्त्री ताकाइचीलाई देशको रक्षा क्षमता बढाउन र आक्रामक आर्थिक नीतिहरू लागू गर्न ठूलो बल पुग्नेछ। उनले निर्वाचन अघि नै यदि आफ्नो गठबन्धनले बहुमत ल्याउन नसके पदबाट राजीनामा दिने घोषणा गरेकी थिइन्। पछिल्ला केही समाचारहरुमा उनले क्याबिनेटमा धेरै हेरफेर नगर्ने संकेत समेत गरेको बताइएको छ । महँगी नियन्त्रण र कर छुटका योजनाहरू अबको नयाँ सरकारको मुख्य प्राथमिकता हुनेछन्। [हाल मतगणना जारी नै छ, यो समाचार तयार पार्दासम्म एलडिपीले २५१ सिट र सत्ता साझेदार जापान इनोभेशन पार्टीले २३ सिट पक्का गरिसकेका छन् । #japanelectionupdate #sanayetakaichi #japan #election #update