@usa_nepal11news: जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले आम निर्वाचनपछिको पहिलो मन्त्रिपरिषद् बैठक सम्पन्न गरेकी छिन्। यस बैठकमा सत्तापक्षले निर्वाचनका क्रममा जनतासामु राखेको मुख्य एजेन्डा, अर्थात् खाद्यान्नमा दुई वर्षका लागि उपभोग कर (Consumption Tax) शून्य बनाउने विषयमा छलफल केन्द्रित भएको छ। प्रधानमन्त्री ताकाइचीले आगामी गृष्म ऋतु (Summer) अगावै राष्ट्रिय परिषदमार्फत यस योजनाको अन्तरिम प्रतिवेदन तयार पार्न निर्देशन दिएकी छिन्। सरकारी अधिकारीहरूका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी आगामी वर्षको अप्रिलदेखि यो नीति लागू हुने सम्भावना छ। यद्यपि, विपक्षी दलका नेतानेताहरुले भनेे खाद्यान्नमा मात्र कर घटाएर महँगी नियन्त्रण नहुने भन्दै यस योजनाप्रति सावधानी अपनाउनुपर्ने धारणा राखेका छन्। सरकारले यस विषयमा विपक्षीहरूसँग पनि आवश्यक छलफल र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। #japan #sanayetakaichi #law #japanesefood

क्षितिज पारी 🇳🇵🇺🇸
क्षितिज पारी 🇳🇵🇺🇸
Open In TikTok:
Region: NP
Tuesday 10 February 2026 16:30:40 GMT
10896
219
4
7

Music

Download

Comments

babinstha5
user 6544332218 :
😂😁free Japan
2026-02-12 10:54:31
0
susmikhatiwada1
Sumi❤️(Momof2)🤗 :
🙏🙏
2026-02-10 16:47:41
0
s_a_n_e_1
SuMan :
🥰🥰🥰
2026-02-10 16:36:12
0
lama404050
Tamang ✅🔛 :
🥰🥰🥰
2026-02-10 17:35:37
0
To see more videos from user @usa_nepal11news, please go to the Tikwm homepage.

Other Videos


About