@chotkari: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखीराम भट्टराई पक्राउ परेका छन् । प्रहरी अनुसन्धानसँग सम्बन्धित बैंक कारोबारका कागजात फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई मंगलबार नियन्त्रणमा लिइएको हो । बाणगंगा नगरपालिका–८ धनेषपुर निवासी भट्टराईले गत माघ २६ गते ती कागजात आफ्नो फेसबुक वालमा पोस्ट गरेका थिए । सोही विषयमा उजुरी परेपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिए । उनमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । . . . #chotkari #chotkarinepali #crime #rsp