@kusumbindas888: अर्को अनपढ, जसले नेपाललाई ‘एफएटीएफ’को ग्रे लिस्टमा पुर्यायो, रुपन्देही २ को अहिलेको अवस्था थोरै विश्लेषण गरौँ । उसले जित्यो भने देश ब्ल्याक लिस्टमा नजाला भन्न सकिन्न । उसले देशको आर्थिक मेरुदण्ड नै भाँचीदिएको छ । पावरको प्रयोग गरेर, आफूलाई सधैं माथि राख्ने प्रयास गरेको पात्र हो विष्णु पौडेल । नक्कली सुकुम्बासी विष्णु पौडेलबारे मैले यसअघि एउटा स्ट्याटस लेखेको थिएँ, लिंक कमेन्टमा छ । उनी, देशको अवस्था जर्जर बनाउन भूमिका खेलेका मुख्य पात्र हुन् । पटक-पटक अर्थमन्त्री भए । तर, उनको जग भने अनियमितता र भ्रष्टाचारले घेरिएको छ । उनी हार्नुपर्छ, र देशले जित्नुपर्छ भन्ने मेरो मान्यता हो । तर, नयाँ भनिएकामा पनि प्रशस्त समस्या छ, जुन मैले बारम्बार लेख्दै आइरहेको छु । विष्णु पौडेल हार्ने फ्याक्टरहरू- २०७९ को निर्वाचनमा पौडेलले मात्र १,३७० मतको झिनो अन्तरले चुनाव जितेका थिए । सोही निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २५,६७३ मत ल्याएर पहिलो दल बनेको थियो भने एमाले २१,१८३ मतका साथ दोस्रो स्थानमा खुम्चिएको थियो । यो भनेको त्यहाँ रास्वपाको बलियो लहर रहेको र एमालेको पकड कमजोर हुँदै गएको अवस्था हो । यस पटक पौडेलले कांग्रेसका एकजना व्यवसायी र घन्टीका नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । कांग्रेसले उद्योगी चुन्नप्रसाद पौडेललाई मैदानमा उतारेको छ । उनी मालपानीका साझेदार हुन् । बालेनलाई डिफेन्डर दिएर, मालपानीले आफ्नो साझेदारका लागि भोट मागेको प्रष्ट देखिन्छ । तर, ‘अदालत जलेकोमा कुनै ग्लानी छैन’ भन्ने रास्वपाका सुलभ खरेल पनि मैदानमा छन् । उनी पनि खासमा योग्य उम्मेदवार भने होइनन् । यस्तै, सामाजिक अभियन्ताका रूपमा चिनिएका डा. निकोलस भुसाल र नेकपाका युवा नेता विश्वदीप पाण्डे पनि चुनावी मैदानमा छन् । भोट त टन्नै बाँडिन्छ । त्यसैले विष्णु पौडेल गोलखाडी हुन्छन् नै । अहिले विष्णु पौडेलका लागि २०७९ को जस्तो अनुकूल अवस्था छैन । अघिल्लो निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गराइयो । निकोलसलाई टन्नै पैसा दिएर पछि हट्न भनियो । जसको प्रमाण मसँग छ । पार्टीभित्रको आन्तरिक संघर्ष तेस्रो कारण हो । उनलाई हराउन एमालेका महासचिव शंकर पोखरेलले त्यहाँ केही दिनअघि देखि नै ३ वटा टीम खडा गरेका छन् । ललितानिवास काण्डका आरोपी विष्णु पौडेल सुरुमा पाल्पा-३ बाट उम्मेदवार बन्ने निर्णय भएको थियो । पछि कार्यकर्ताले विरोध गरे । उनले हारको डरले नै पाल्पा जान खोजेको भन्ने विश्लेषणले मतदातामा नकारात्मक प्रभाव पार्छ नै । बसाइँसराइ र नयाँ मतदाताका कारण पनि विष्णु पौडेल हार्ने निश्चित जस्तै छ । यस क्षेत्रमा बसाइँ सरेर आउने र नयाँ थपिएका मतदाताहरूको झुकाव उनीप्रति खासै छैन । खासमा उनी, राष्ट्रिय राजनीतिबाट विदा लिनुपर्ने व्याक्ति हुन् । त्यसैले, जो सांसद भएर आउन सक्दैन, उसका लागि भोट हाल्ने मतदाताले पनि केही सोच्नुपर्ने हुन्छ । 🙏 #election2026 #BishnuPaudel #askquestions

kusum bindas
kusum bindas
Open In TikTok:
Region: NP
Friday 13 February 2026 16:56:08 GMT
18407
264
20
20

Music

Download

Comments

surajpandey.cipl
Suraj Pandey :
thank you gor the info. i represent from Ujyalo Nepal Party. 🙏
2026-02-13 18:54:07
5
tigeronwheels1
bharatbahadurkark8 :
बिचरा बालुवाटारको जग्गाखाने सुकुम्बासी 😁😁
2026-02-13 17:04:54
6
user32800559229432
sujan thapa :
haaros shubhakamana
2026-02-27 03:36:48
0
deep58909
Mr.Deep :
no not again ,corrupted leader Butwal .
2026-02-17 04:32:37
0
dilliprasadshar80
dilliprasadshar80 :
शुभ समाचार
2026-02-20 13:48:54
0
krishna_kharel0
Krishna_kharel :
हाबादारी तर्क !!
2026-02-14 11:07:21
1
balcreeshnapoudel
It’s Balkrishna Poudel :
यो कलंक त हार्नु नै पर्छ।
2026-02-14 04:19:24
1
nagendradhural
Nagendra Dhurel :
dhamira
2026-02-15 00:02:56
0
gopalsoli
gopal singh oli :
he is one of the currupted leaders of Nepal.
2026-02-14 04:24:55
1
41mandira
Mandira thapa 70 :
यसलाई दिने होइन भोट
2026-03-04 05:29:18
0
radheshyam.gc
Radheshyam Gc :
no not again
2026-02-15 03:52:15
1
tara.bahadur.gair
Tara Bahadur Gaire :
अर्थमन्त्री को लागि राजधानी बुटवलदेखि दाङसंग साटने पनि बिष्णु पौडेल ज्यु नै हुनु हुन्छ,हजुर!!
2026-02-19 04:22:28
1
977mrp
Mahendra Raman :
उनि हाम्रो क्षेत्रकोलागीमात्र नभएर देशकैलागी अति आवस्यक मान्छे हुन।
2026-02-19 12:54:40
0
bnod.btl
Bnod btl :
Jay🔔🔔🔔
2026-02-18 04:13:22
0
muktimilan36411
Mukti Ram Pokhrel :
Jitne यिनै हुन्. तपाईँको अनुमान फेल हुन्छ. एक ठाउँ मा हुनुपर्ने मत nikolus अनि सुलभ तीर बाँडिनेछ
2026-02-14 06:44:49
0
himaladhikari49
Himal :
सहि हो !!!!! देश चुस्ने धमिरा पतन हुनु जरुरि छ !!!!!🙏🙏🙏🙏🙏
2026-02-14 14:31:06
0
niru06392
niru :
🌹🌹balutar KO garib manxe Ghar xain
2026-02-14 12:55:42
0
tilochan.pandey7
Tilochan Pandey :
🥰🥰🥰
2026-02-17 18:51:28
0
To see more videos from user @kusumbindas888, please go to the Tikwm homepage.

Other Videos


About