@chotkari: कुलमान घिसिङ ले आफू इच्छाले नभई आग्रह स्वीकारेर सुशीला कार्की नेतृत्वको सरकारमा गएको बताएका छन्। काठमाडौंमा आयोजित उज्यालो नेपाल पार्टीको भेलामा उनले सङ्कटको समयमा जिम्मेवारी लिएर छोटो अवधिमा काम सम्पन्न गर्दै चुनावको वातावरण बनाएर बाहिरिएको बताए। घिसिङले आफूलाई ‘भगौडा मन्त्री’ भनिएकोप्रति आपत्ति जनाउँदै तीन महिनामै परिणाम दिएको दाबी गरे। आगामी सरकारमार्फत देशलाई आर्थिक समृद्धितर्फ लैजाने लक्ष्य रहेको बताउँदै उनले लोडसेडिङ हटाएजस्तै राजनीतिक क्षेत्रको “लोडसेडिङ” अन्त्य गर्न आफू अघि बढेको बताएका छन्। . . . #chotkari #chotkarinepali #kulmanghising