@chotkari: चुनावी माहोलका कारण देशभरका सिनेमा हल सुनसान भइरहेका बेला Rich Entertainment ले ओटीटीमा नआएका फिल्महरू पुनः प्रदर्शनमा ल्याउन थालेको छ। यसको सुरुवात संखुवासभाको Khandbari स्थित GSF Hall मा सर्वकालीन ब्लकबस्टर Purna Bahadur Ko Sarangi को पुनः प्रदर्शनबाट गरिएको हो, जहाँ टिकट खुलेको एक घण्टामै शो हाउसफुल भयो। Vijay Baral अभिनीत उक्त फिल्मले ४६ करोड ८७ लाख रुपैयाँ कमाउँदै नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाउने कीर्तिमान बनाएको छ। यस सप्ताहन्तदेखि इटहरीको Elite Hall मा पनि फिल्म प्रदर्शन गर्ने तयारी रहेको वितरकले जनाएको छ। साथै अन्य चर्चित फिल्महरू पुनः प्रदर्शन गर्ने तयारी भइरहेको छ। . . . #chotkari #chotkarinepali #nepalimovie #purnabahadurkosarangi