@ushauppreti01: आज मेरो मन अत्यन्तै खुशीले भरिएको छ। आफ्नो जन्मथलो इलाममा फर्किएर मेरो पहिलो चलचित्र यहाँको पहिलो सिनेमा हलमा प्रदर्शन गर्नु, साथै सिनेमा हल उद्घाटन समारोहमा सम्माननीय व्यक्तिहरूसँग मिलेर रिबन काट्ने अवसर पाउनु मेरो लागि साँच्चिकै सपना साकार भएको क्षण हो। यस विशेष दिनमा आमाको हातबाट स्वागत र आशीर्वाद पाउनु मेरो जीवनकै सबैभन्दा अमूल्य क्षण बनेको छ।🙌🥰 ‘आ बाट आमा’ टिमप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। साथै फ्रेन्ड्स सिनेमा हल परिवार, आदरणीय इलाम नगर प्रमुखज्यू, मेरा गुरुजनहरू र यस महत्वपूर्ण दिनमा उपस्थित भई साथ र माया दिनुहुने सम्पूर्ण आफन्त तथा शुभचिन्तकहरूप्रति हृदयदेखि धन्यवाद व्यक्त गर्दछु।🙏❤️ आज म गर्वका साथ भन्न सक्छु कि मैले आमालाई गर्व गर्ने अवसर दिन सकेँ। चन्द्र सर, तपाईंको विश्वास, साथ र मार्गदर्शनकै कारण यो सपना वास्तविकतामा परिणत भयो। म सधैं तपाईंप्रति कृतज्ञ रहनेछु। ममाथि विश्वास गरिदिनुभएकोमा हृदयदेखि धन्यवाद।🙏 @Paul Shah Official @Aa Bata Aama “ आ बाट आमा “ @Anjana collection city mart ❤️ #ushauppreti1 #paulshah #radhakrishna #fyp #trending