@chotkari: आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले मतपत्र र मतपेटिका वितरण सुरु गरिसकेको छ भने निर्वाचन प्रहरी सडकमा तैनाथ छन् । प्रधानमन्त्री सुशीला कार्की पछिल्ला केही दिन विभिन्न जिल्ला र प्रदेशमा पुगेर निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिइरहेकी छन् । उनीसँग प्रमुख स्वकीय सचिव आर्दशकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि छन् । पोखरामा उनले सुरक्षा निकायसँग छलफल गर्दै मतदान स्थलगत जोखिम, मौसम र हिमाली–पहाडी जिल्लाको सुरक्षा व्यवस्थाबारे जानकारी लिइन् । उच्च हिमाली क्षेत्रमा आवश्यक सामग्री, औषधि र पोर्टेबल सामान थप गरिएको छ । प्रधानमन्त्री कार्कीले सबै दल उत्साहपूर्वक चुनावमा लागेको देखेर खुसी व्यक्त गरिन् र निर्वाचन सफल पार्न सुरक्षा निकाय सतर्क रहन आग्रह गरिन् । . . . #chotkari #chotkarinepali #political #sushilakarki