@chotkari: इङ्ग्ल्यान्ड क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप ‘सुपर–एट’ अन्तर्गत श्रीलङ्का क्रिकेट टोलीलाई ५१ रनले हराएको छ। १४७ रनको लक्ष्य पछ्याएको श्रीलङ्कालाई १६.४ ओभरमा ९५ रनमै समेटियो। यसअघि इङ्ग्ल्यान्डले ९ विकेट गुमाएर १४६ रन बनाएको थियो। आज बेलुका अहमदाबादमा भारत र दक्षिण अफ्रिकाबीच अर्को खेल हुँदैछ। सुपर–एटबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल मार्च ८ मा हुनेछ। . . . #chotkari #chotkarinepali #t20worldcup