Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@prorin7000: វីដេអូចាស់😰😰😰
あ┋ ᴄʜᴀɴʀɪɴ444
Open In TikTok:
Region: KH
Sunday 01 March 2026 02:29:45 GMT
33
9
2
1
Music
Download
No Watermark .mp4 (
1.47MB
)
No Watermark(HD) .mp4 (
1.47MB
)
Watermark .mp4 (
0MB
)
Music .mp3
Comments
✿NANG?? :
🫡😪
2026-03-05 11:11:41
1
To see more videos from user @prorin7000, please go to the Tikwm homepage.
Other Videos
#enjoylife
wandi dimana oy #fyppppppppppppppppppppppp #fyp #tiktok #ngakak #fypage
Gets yours now! #tiktokshop #tumberlove #summeressentials
Dil Ronda Ay Janday Nay🫀🥹💚views problem😓#islamic_video #صلى_على_رسول_الله_صل_الله_عليه_وسلم #naatsharif #growmyaccount #fyp @✨HAYAT✨ @حیات
प्रधानमन्त्री बालेनबारे अमेरिकाको चर्चित पत्रिका न्युयोर्क टाइम्सले भन्यो - ६ महिनामै विश्वभर राजनीतिक युवाको प्रतीक। -३६ वर्षीय बालेन्द्र शाह कालो चस्मा मार्फत आफ्नो पहिचान प्रस्तुत गर्छन्, संसद्का बैठकमा कमै उपस्थित हुन्छन् र अधिकांश कुराकानी सामाजिक सञ्जालमार्फत गर्छन । तर प्रधानमन्त्रीका रूपमा आफ्नो कार्यकालको ६ महिनामै उनी विश्वभर राजनीतिक रूपमा सक्रिय युवाको प्रतीक जस्तै बनेका छन । प्रधानमन्त्री बनेपछि मार्चमा पद सम्हालेयता पहिलो विदेश भ्रमणमा रहेका शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै धेरै युवा पुस्ताका लागि महत्त्वपूर्ण विषय ‘जलवायु क्ष'तिपूर्ति’ बारे आवाज उठाउनेछन । न्यून आय भएका देशहरूले आफूले सिर्जना नगरेको विश्वव्यापी तापक्रम वृद्धिको अस'र भोगिरहेका छन । गत महिना ‘ग्लासियर’ भ'त्किँदा आएको बाढीले नेपालमा हजारौँ मानिसको मृ''त्यु भएको वा उनीहरू बेप'त्ता भएका छन् । केही वैज्ञानिकहरूले उक्त विना'शकारी बाढीलाई जलवायु परिवर्तनले अझ गम्भीर बनाएको हुन सक्ने बताएका छन् । बिहीबारको सम्बोधनमा शाहले अत्यधिक औद्योगिक प्रदूषण गर्ने देश तथा उद्योगहरूलाई त्यसको क्ष'तिपूर्ति तिर्न आग्रह गर्ने तयारी गरेको उनका सल्लाहकारहरूले बताएका छन् । ‘हामी नेपाली युवाको मात्र होइन, विश्वभरका युवाको आवाज बन्न सक्छौँ भन्ने हाम्रो विश्वास छ,’ शाहसँगै न्यूयोर्क पुगेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले गत साता काठमाडौंमा भएको अन्तर्वार्तामा भनेका थिए । इन्जिनियर तथा कवि–र्यापर शाहले आफ्नो चुनावी अभियानका लागि आफैँ गीत पनि बनाएका थिए । अत्यधिक शिक्षित तर बेरोजगारीको समस्यामा रहेका युवा नेपालीको समर्थनमा उनी सत्तामा पुगे । ती युवाहरूलाई आफ्नो भविष्य अहं'कारी र भ्र'ष्ट राजनीतिक अभिजात वर्गले खोसिरहेको महसुस भएको थियो । राजनीतिज्ञका परिवारले सामाजिक सञ्जालमा प्रदर्शन गर्ने विला'सी जीवनशैलीप्रति उनीहरू आ'क्रोशित थिए । अर्कोतर्फ, ठूलो संख्यामा नेपाली युवा जीविकोपार्जनका लागि विदेशमा काम गर्न बाध्य थिए । लोकप्रिय रूपमा ‘बालेन’ भनेर चिनिने शाहले आफ्ना गीतमार्फत यिनै निरा'शालाई आवाज दिएका थिए । उनले विदेशी बैंक, साम्राज्यवादी शक्तिहरू र ‘शो'षणकारी नेताहरू’ को आलो'चना गर्थे । सन् २०२२ मा उनी काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भए । उनको एउटा गीतमा भनिएको थियो, ‘नो स्ट्यास अफ बिग क्यास, स्टिल आइ डन्ट फेक इट । अन्डररेटेड बट अन्डरस्टुड बाई अनएजुकेटेड ।’ (ठूलो धनको थुप्रो छैन, तर म नाटक गर्दिनँ । कम आँकिएँ, तर कम शिक्षितहरूले पनि मलाई बुझे ।) सन् २०२५ को सेप्टेम्बरमा नेपाली युवाको आ'क्रोश सडकमा विस्फो'ट भयो । सुरक्षा बलले युवा प्रदर्शनकारीमाथि गो'ली चलाएर ह''त्या गरेपछि त्यो आ'क्रोश झन् उ'ग्र बन्यो । उनीहरूले केवल दुई दिनमै नेपालको पुरानो राजनीतिक नेतृत्वलाई सत्ताबाट ह'टाइदिए । यस्तै प्रकृतिका जेन–जी आ'न्दोलन विश्वका विभिन्न ठाउँमा पनि देखिए । तर तीमध्ये अधिकांशले नेपालमा जस्तो राजनीतिक क्रा'न्तिको रूप लिन सकेनन् । तर अहिले शाहका आलो'चकहरूको संख्या केही बढिरहेको पनि छ । त्यसमध्ये नेपालकै जेन–जी पुस्ताका सदस्यहरू पनि छन । उनीहरूबीच शाहको राजनीतिक सोच लोकतान्त्रिक भन्दा बढी अधिनायकवादी बन्दै गएको चर्चा हुन थालेको छ । काठमाडौंको मेयर हुँदा शाहले कमजो'र तथा जो'खिममा रहेका बासिन्दाको हितमा पर्ने असरको मूल्यमा शहर सफा गर्ने अभियान चलाएको आलो'चकहरूको आ'रोप छ । प्रधानमन्त्री बनेपछि पनि उनले निर्णय गर्ने अधिकार सीमित व्यक्तिहरूको घेरामा राखेको आ'रोप लाग्दै आएको छ । कतिपय मन्त्रीहरूलाई समेत महत्त्वपूर्ण निर्णयबारे जानकारी नहुने अवस्था रहेको बताइएको छ । शाहअघि प्रधानमन्त्री रहेकी सुशीला कार्कीले एक अन्तर्वार्तामा न्या'यपालिकाको स्वतन्त्रताबारे आफू चि'न्तित रहेको बताएकी थिइन् । सञ्चारमाध्यम र नागरिक समाजका सदस्यहरूले पनि आफूहरू दबाब र त्रा'समा रहेको महसुस गरेको बताएका छन् । ‘अहिले मानिसहरू प्रधानमन्त्री र उनका मानिसका कारण ड'रको संस्कृतिमा बाँ'चिरहेका छन्,’ अनुभवी मानवअधिकार कानुन व्यवसायी ओमप्रकाश अर्यालले भने। जेन–जी क्रा'न्तिपछि बनेको अन्तरिम सरकारमा अर्याल गृहमन्त्री थिए । उनी प्रहरी तथा आन्तरिक सुरक्षाको जिम्मेवारीमा थिए । त्यसअघि उनी काठमाडौंको मेयर हुँदा शाहलाई कानुनी सल्लाह दिने गर्थे । अर्याल भन्छन्, ‘हामी एक जना व्यक्तिको शासनमा बाँ'चिरहेका छौँ । चस्मा लगाउने एक जना व्यक्तिको शासनमा ।’
About
Robot
API
Legal
Privacy Policy