@coolman_100_100: #गोरखा — संयुक्त अरब इमिरेट्समा इरानबाट प्रहार गरिएको ड्रोन आक्रमणसँग सम्बन्धित घटनामा परी भिमसेन थापा गाउँपालिका–७ बोर्लाङ, ठाटीका २९ वर्षीय दिवस श्रेष्ठको निधन भएको पुष्टि भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावास, अबुधाबीले सोमबार विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको हो। परिवारका सदस्यहरूले पनि राजदूतावासको सूचनापछि मात्र औपचारिक रूपमा मृत्युको खबर पाएका थिए। दिवसका बुबा चामबहादुर श्रेष्ठका अनुसार शनिबार साँझसम्म छोरासँग भिडियो कलमार्फत संवाद भएको थियो। आइतबार भने उनका साथीमार्फत भागदौडका क्रममा मोबाइल हराएको र खुट्टामा चोट लागेको सूचना मात्र प्राप्त भएको थियो। त्यसपछि सम्पर्क हुन सकेको थिएन। जिल्ला प्रशासन कार्यालय गोरखाले वडा अध्यक्षमार्फत निधनको जानकारी गराएपछि ठाटी गाउँ शोकमग्न बनेको छ। स्थानीय बासिन्दाहरू चामबहादुर श्रेष्ठको घरमा समवेदना प्रकट गर्न भेला भएका छन्। दिवस एक वर्षअघि दसैं मनाएर रोजगारीका लागि ‘मिडल इस्ट कम्पनी’मार्फत सेक्युरिटी गार्डको रूपमा दुवई गएका थिए। सरस्वती माविबाट माध्यमिक तह उत्तीर्ण गरेपछि उनी चार वर्षदेखि रोजगारीका लागि दुवई आवतजावत गर्दै आएका थिए। परिवारमा आगामी बिदामा नेपाल आएपछि विवाह गर्ने सल्लाहसमेत भएको वडाध्यक्ष नारायण श्रेष्ठले बताएका छन्। परिवारमा बुबा, आमा, एक बहिनी र हजुरआमा छन्। घटनाका बेला दिवसकी आमा छोरीलाई भेट्न काठमाडौंमा रहेको जनाइएको छ। राजदूतावासका अनुसार अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा दिवसको ज्यान गएको हो। मृत्युबारे यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।

COOL म्यान😀😎
COOL म्यान😀😎
Open In TikTok:
Region: NP
Monday 02 March 2026 12:20:13 GMT
7991
178
18
3

Music

Download

Comments

minabhandari34
Mina Bhandari :
Rip
2026-03-03 12:16:52
0
chandranepali530
Chandra Nepali :
rip brother
2026-03-02 12:21:37
0
jivan9953
jivan :
rip
2026-03-02 12:50:48
0
illamnepal
ilameli kanxu :
Rip
2026-03-02 15:35:53
0
reedammagar08
DEEMON😈😈😈😈😈 :
rip
2026-03-02 14:26:25
0
prabhat.adhikari
prabhat.adhikari37 :
rest in peace in heaven
2026-03-02 14:22:55
0
kamala.basnet796
Kamala Basnet :
rip
2026-03-02 13:11:20
0
nabindrababustha
NABINDRA BABU SHRESTHA :
Rip
2026-03-02 14:09:34
0
anitachhetri276
Anita chhetri :
rip
2026-03-02 14:08:19
0
bishnu.dhoju7
Bishnu Dhoju :
rip
2026-03-02 14:07:08
0
nawarajgautam77
Nawaraj gautam777 :
rip
2026-03-02 14:03:12
0
maniram.dahal0
दाहाल,MANIRAM :
rip
2026-03-02 14:01:30
0
bishnuranabaram3
Bishnu rana :
rip
2026-03-02 13:55:00
0
shivalamsal86
Shiva Lamsal :
🥰🥰🥰
2026-03-02 13:38:07
0
srijanabohara0
Srijana Bohara :
😢😢😢
2026-03-02 14:13:18
0
user53335030
Ck Oli :
😭😭😭
2026-03-03 03:49:07
0
smritilama866
smt lama :
😭😭😭😭
2026-03-03 04:15:51
0
basugckhatri0
❣️❣️Grishma Bihan :
😭😭😭😭
2026-03-07 14:31:42
0
To see more videos from user @coolman_100_100, please go to the Tikwm homepage.

Other Videos


About