@coolman_100_100: #काठमाडौँ। नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला परिषद् सचिवालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सोविता गौतमले दिएको अभिव्यक्तिलाई लिएर गम्भीर आपत्ति जनाएको छ। सोमबार महासङ्घका अध्यक्ष सागर कुमालद्वारा जारी प्रेस विज्ञप्तिमा चितवन क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा उम्मेदवारसमेत रहेकी गौतमले हालै एक चुनावी सभामा व्यक्त गरेको धारणा आदिवासी जनजाति समुदायप्रति अपमानजनक र भ्रामक रहेको उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार गौतमले आफ्नो सम्बोधनका क्रममा चितवनका आदिवासी जनजाति, विशेषतः गुरुङ र थारु समुदायलाई लक्षित गर्दै ‘पैसाले किन्न सकिने’ तथा ‘बिक्न सक्ने’ वर्गका रूपमा टिप्पणी गरेकी थिइन्। महासङ्घले उक्त अभिव्यक्तिलाई समुदायको स्वाभिमानमाथि आघात मात्र नभई उनीहरूको राजनीतिक चेतना र विवेकमाथिको गम्भीर प्रहारका रूपमा व्याख्या गरेको छ। अध्यक्ष कुमालले हस्ताक्षर गरेको विज्ञप्तिमा गुरुङ र थारु समुदायलाई ‘सोझो’ र ‘पैसामा बिक्ने’ भनेर चित्रण गर्नु उम्मेदवारको सङ्कीर्ण तथा नश्लवादी सोचको प्रतिविम्ब भएको उल्लेख छ। साथै, आदिवासी जनजाति समुदाय कुनै प्रलोभनमा पर्ने समूह नभई आफ्नै ऐतिहासिक पहिचान र गौरव बोकेको सचेत नागरिक समाज भएको दाबी गरिएको छ। मतदातालाई ‘पैसा दिए लिनु’ भन्ने प्रकारको अभिव्यक्ति निर्वाचन आचारसंहिताविपरीत र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको उपहास भएको भन्दै महासङ्घले गौतमलाई २४ घण्टाभित्र चितवनका सम्पूर्ण आदिवासी जनजाति समुदायसँग सार्वजनिक रूपमा क्षमायाचना गर्न तथा लिखित स्पष्टीकरण दिन माग गरेको छ। महासङ्घले सम्बन्धित उम्मेदवार र दलले गल्ती स्वीकार नगरेको अवस्थामा चितवन क्षेत्र नम्बर ३ का सबै संयन्त्र परिचालन गरी चुनावी बहिष्कारसहित सशक्त आन्दोलन अघि बढाउने चेतावनी पनि दिएको छ। विज्ञप्तिमा सम्भावित परिस्थितिको सम्पूर्ण जिम्मेवारी उम्मेदवार र उनको दलले वहन गर्नुपर्ने उल्लेख गर्दै ‘स्वाभिमान र पहिचानमा खेलबाड स्वीकार्य नहुने’ स्पष्ट गरिएको छ।

COOL म्यान😀😎
COOL म्यान😀😎
Open In TikTok:
Region: NP
Tuesday 03 March 2026 02:19:20 GMT
37774
1004
63
35

Music

Download

Comments

durga.prasad.sapk7
Durga Prasad Sapkota :
रा स्व पा ले आदीबासी जनजाती लाइ हदै सम्म हेपेकोले कृपया घण्टीमा भोट नदिनु होला
2026-03-03 05:48:58
41
rishi.raj.kadel1
Rishi Raj Kadel :
ठगहरुको कुरा
2026-03-03 03:54:32
18
dhan.bahadur.giri5
Dhan Bahadur Giri :
ठगहरुको अर्को चाल हो
2026-03-03 11:56:20
15
lalsalam39
lalsalam39 :
ठग बौलाउन लागिछ
2026-03-03 04:06:25
12
yubrajadhikari0703
Yubraj बर्दिया नेपाल :
साेबिताले यस्तो भनेकि छैन । याे गलत समाचार हाे
2026-03-03 10:04:38
14
user44506888171181
user44506888171181 :
Thauko thau haraunu parxa yesta anta santa bolne jo sukai patiko neta hos
2026-03-03 09:04:22
3
kiran.chaudhary82
K. R.N CHY :
सहि भन्नू भो दिदी हजुरले हाम्रो थारु समुदाय पनि तेस्तै छ्त
2026-03-03 15:47:06
2
cbthamang
C B Thamang :
तेहि भयर त म भन्छु मुलबासी मंगोल हरुले आफ्नो पाटि छोडेर रास्वापा हैन कुलमान र हर्कलाइ भोट दिन पर्छ कति इ बाउन हरुको हलि बनेको हो हामी राइ लिम्बु तामाङ मगर गुरुङ नेवार सेर्पा दमै कामि सार्की च्यामे पोडे सब मिलेर कुलमान घिसिङ हर्क साम्पाङ राई जिताएर इ बाउन हरु हलि बनाउन कति हुनु हो इनि हरुको बादा
2026-03-03 09:12:31
4
shyamkc468gmail.com
shyam kc :
मान्छे पैसा ले किन्ने देश न बनाउ🙏🙏🙏🙏🙏🙏
2026-03-03 11:51:59
4
lifetimealways
Lifetime :
no vote for ghanti
2026-03-03 12:30:55
1
ashok_subba
Ashok Subba :
Usto Hami Nai Ho... Kulman, Harka ra Mahabir Pun Lai Aafno Neta Manera Hinna Nasake Paxi Yestai Ho... Divide And Rule Ko Sikaar😊
2026-03-03 04:25:31
2
sagarkhadka603
❤️Sagar khadka ♥️🌹🦂 :
यसको उम्मेदवारी खारेज गर्नुपर्छ
2026-03-03 22:12:45
1
sunar0965
𝓐𝓻𝓹𝓪𝓷..🕊️ :
बलात्कारलाई झापु हान्नु बराबर पनि होइन भन्नेले त्यति कुरा भन्नुलाई कुन ठूलो कुरो भयो र! विवेकहीन महिला
2026-03-03 12:27:37
0
um.b.gurung
Um B Gurung :
she is great
2026-03-05 07:57:08
1
indranalbo1
इन्द्र नाल्बो :
बधाई छ सबिता माननीय ज्यु
2026-04-01 15:39:07
0
alishaalija6
Twince :
निच सोछ र बिचारले देश कहिले माथी उथदैन यस्ता उमेदवारले भोलि देश बिकाश र कानुन कसरी बनाउला ? no vote for rswapaa no not again.
2026-03-03 15:17:47
1
perfect4180
Anand :
Kulman Ghicing sir jindabad
2026-03-04 05:24:32
0
tilak.bista.kanxa
Bista kanchha 💥❣️❤️💜❣️💝 :
good
2026-03-03 08:59:03
0
pabitragurung95
Pabitra Gurung :
Kada karbahi ko mag garxu plz🙏
2026-03-03 17:34:45
0
jho12mgr
sujata mgr :
sabailai kinna sadainas hai tara koi koilai dekhekai xau paxi lagne dereharulai😁
2026-03-04 02:09:14
0
pachasrupeya
50 :
ma samahat xu wahako kura ma
2026-03-04 10:07:23
0
krishnatamang542
सानू :
thik xata kina vanana hau ma ready xu
2026-03-04 00:19:29
0
partabtamang
Partab Tamang :
didi ma ani hk#
2026-03-07 13:45:11
0
nyimgyal4
Nyimgyal :
sahi ho n
2026-03-04 03:14:23
0
tilak.bista.kanxa
Bista kanchha 💥❣️❤️💜❣️💝 :
feri vote ghanti vanxan
2026-03-03 08:59:52
0
To see more videos from user @coolman_100_100, please go to the Tikwm homepage.

Other Videos


About