@iamashikatamang: आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू, निर्वाचनको यो अन्तिम घडीमा मेरो विरुद्ध केही मिडिया हाउसहरूले "आसिका तामाङको उम्मेदवारी खारेज भयो" भन्दै फैलाएको भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म स्पष्ट पार्न चाहन्छु उक्त समाचारमा कुनै सत्यता छैन, मेरो उम्मेदवारी कायमै छ। मलाई बारम्बार 'विदेशी' भन्दै लगाइएका आरोपहरू निराधार छन्। म यही देशको नागरिक हुँ, मलाई संविधानले भोट हाल्ने र उम्मेदवार बन्ने पूर्ण अधिकार दिएको छ। अन्तिम समयमा मलाई कमजोर बनाउन रचिएको यो षड्यन्त्र विरुद्ध मैले कानूनी उपचार खोजिसकेकी छु। म तपाईँहरूकै छोरी-चेली र तपाईँहरुकै उम्मेदवार हुँ। त्यसैले कुनै पनि भ्रममा नपरी ढुक्क भएर मतदान गर्नुहोला। तपाईँको विवेकपूर्ण मतले नै परिवर्तन सम्भव छ। सत्यको सधैँ विजय होस्! 🙏 उहीँ तपाईं हरुकै धादिङ क्षेत्र नं १ को उमेदवार आसिका तामाङ