@pksgtm: अहिले सर्वाधिक चर्चाको केन्द्रमा रहेकी प्रधानमन्त्री सुशीला कार्कीले भोली कहाँबाट गर्दैछिन् मतदान ? प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका प्रतिष्ठित व्यक्तिहरूले तोकिएका मतदान केन्द्रमा मतदान गर्दैछन् । उनीहरूले यसअघिका निर्वाचनमा जस्तै आ-आफ्नो मतदाता नामावली कायम भएको मतदान केन्द्रमा गई अमूल्य मतदान गर्नेछन् । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने उनका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्नेछन् । #fypage #viralvideo #fyp