@himalayantelevoice: प्रधानमन्त्रीको शपथ ग्रहण नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएको हो । राष्ट्रपति पौडेलले सोही दिन नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । शपथ समारोहका क्रममा सात वटा शङ्खबाट शङ्खनाद गरिएको थियो भने १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन गरेका थिए । त्यस्तै, १०८ जना बौद्ध भिक्षु तथा लामाहरूले शुभ–मङ्गल पाठ गरेका थिए । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की लगायत संवैधानिक निकायका प्रमुख, उच्च पदस्थ सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।