@apan.mithila5: यो दृश्य मधेशबाट आएको SEE परीक्षा hall ko हो—जहाँ खुलेआम मोबाइल प्रयोग भइरहेको छ। यो केवल विद्यार्थीको गल्ती होइन, यो सीधा रूपमा कक्ष निरीक्षक, प्रिन्सिपल र सम्पूर्ण शिक्षा प्रणालीको लाजमर्दो असफलता हो। यस्तो खुलेआम cheating हुँदा पनि जिम्मेवार निकायहरू चुप बस्नु भनेको भ्रष्टाचारलाई नै संरक्षण गर्नु हो। माथिबाट नियम कडा बनाउने नाटक मात्रै हो, जबसम्म तल्लो तहमा बसेका यस्ता लापरवाह र भ्रष्ट व्यवस्थापनमाथि कडा कारबाही हुँदैन। यदि आज पनि यस्ता घटनामा कारबाही हुँदैन भने, भोलिको पुस्ताले इमानदार भएर होइन, cheating गरेर नै अगाडि बढ्ने सन्देश पाउँछ। त्यसपछि ‘शिक्षा’ भन्ने शब्दको अर्थ नै हराउनेछ। #SaveEducation #StopCorruption