@kushmi_nayan: #उसले ब्लक गरेर आफूलाई बचायो होला… तर म त अझै त्यहीँ अड्किएको छु, जहाँ उसले छोडेर गयो। अझै पनि फोन अन हुन्छ… तर म्यासेज आउने आशा बन्द हुँदैन। अझै पनि अनलाइन देखिन्छु… तर वास्तवमा म त उसको यादमै अफलाइन भइसकेको छु। उसले एक क्लिकमा हटायो, तर मैले उसलाई हटाउन सकेको छैन… किनकि ऊ नम्बर होइन, मेरो मुटुको बानी बनेको थियो। कहिलेकाहीँ लाग्छ, ब्लक उसले गरेको होइन… समयले मलाई उसैसँग बाँधेर राखेको छ। म अनलाइन छु हैन… म त अझै उसको सम्झनामा “लास्ट सिन” भएर बसेको छु… 💔🥀