@nirajpradhan10: मानिस हिँड्ने फुटपाथमा मोटरसाइकल चलाउने समस्या काठमाडौंमा धेरै बढिरहेको छ। केही मोटरसाइकल चालकहरूले पैदल यात्रुको सुरक्षालाई बेवास्ता गर्दै फुटपाथमै तीव्र गतिमा बाइक चलाउने गरेका छन्, जसले गर्दा मानिसलाई ठक्कर लाग्ने र दुर्घटना हुने जोखिम बढेको छ। विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा महिलाहरूलाई हिँड्न निकै असुरक्षित भएको महसुस भइरहेको छ। मैले यस विषयमा काठमाडौं महानगरपालिकामा धेरै पटक गुनासो गरिसकेको छु, तर अहिलेसम्म प्रभावकारी रूपमा समस्या समाधान भएको देखिएको छैन। त्यसैले फुटपाथमा बाइक चलाउने कार्य रोक्न कडा अनुगमन, नियम उल्लंघन गर्नेलाई कारबाही तथा पैदल यात्रुको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायसँग अनुरोध गर्दछु। स्थान : हात्तिसार, कमलादी,City Express Building