@narendra.shrestha7773: ~राजाले खाने पाउरोटी ~ वि.सं. १९६० साल वैशाख २५ गतेका दिन नेपालको आधुनिक बेकरी उद्योगका अग्रणी व्यक्तित्व तथा कृष्ण पाउरोटीका संस्थापक कृष्णबहादुर राजकर्णिकारको जन्म पिता हिरामानसिंह र माता लक्ष्मीकुमारीका सुपुत्रका रूपमा काठमाडौंको कमलपोखरीमा भएको थियो। व्यवसायी कृष्णबहादुर राजकर्णिकारबात वि.सं. २००५ सालमा काठमाडौंको कमलपोखरी स्थापित 'कृष्ण पाउरोटी भण्डार' नेपालको पहिलो आधुनिक पाउरोटी कारखाना मानिन्छ। राजकर्णिकार परिवारको पुर्ख्यौली पेशा मिठाई बनाउने (हलुवाई) भएअनुसार उनका हजुरबुबा गजराज राजकर्णिकार श्री ३ जङ्गबहादुरको दरबारमा निजी हलुवाई थिए। पाउरोटी श्री ५ महेन्द्र र जननेता बीपी कोइरालाको प्रिय खाजा थियो । श्री ५ महेन्द्रले खान थालेपछि यसलाई 'राजाले खाने पाउरोटी' भनेर चिनिन थाल्यो, जसले यसको लोकप्रियता ह्वात्तै बढायो । कमलपोखरीस्थित कारखानाबाट बिहानै राजदरबारका लागि पाउरोटी लैजाने दृश्य स्थानीयहरूले देख्ने गर्थे, जसले गर्दा यसलाई 'राजाको पाउरोटी' भनेर चिनिन थालिएको थियो। उनले बेलायतबाट पाउरोटी बनाउने आधुनिक मेसिनहरू मगाएका भएपनि ती मेसिनहरू काठमाडौँ आइपुग्नुभन्दा तीन महिना अगाडि नै वि.सं. २०१६ मा उनको निधन भएको थियो।

Narendra
Narendra
Open In TikTok:
Region: NP
Friday 08 May 2026 14:09:26 GMT
781810
20928
7
908

Music

Download

Comments

bk.manandhar
Bk Manandhar :
Lovely great
2026-05-08 16:40:36
34
nireshgothe6
NMJN 1234 :
🙏🙏🙏
2026-05-09 02:00:19
17
surendra18552
Surendra1 :
😊😊😊
2026-05-09 07:58:27
6
kamalrairaikamal8
kamalrairaikamal8 :
🥰🥰🥰
2026-05-09 03:13:38
15
rajkumarthakuri08
♥️Dil ❤thakuri♥️💖💞❣️53❤ :
🥰🥰🥰
2026-05-10 04:28:44
4
sitaram.shrestha575
Sitaram Shrestha Shrestha :
🥰🥰🥰
2026-06-14 03:19:11
0
madhavrajadhikari6
Madhav Raj Adhikari :
🙏🙏🙏🙏
2026-05-09 08:16:12
4
To see more videos from user @narendra.shrestha7773, please go to the Tikwm homepage.

Other Videos


About