@bhjj_457: че с височками делаем?😇 #пугалодорама #кибом #сунен #пугало #рекомендации

мэди моли
мэди моли
Open In TikTok:
Region: DE
Friday 22 May 2026 13:47:04 GMT
19682
2441
26
110

Music

Download

Comments

vaska.2146
𝓥𝓪𝓼𝔂𝓾𝓼𝓱𝓪 :
они не заслужили такого конца..
2026-05-22 15:39:35
114
stiiwee
mąry janę🐾 :
я реву
2026-05-27 16:31:49
15
shxhebxicbsjzi
. :
Мои любимые ….
2026-06-22 04:49:11
2
liinvfl
リナ :
КАКИЕ МАЛЫШИ 😭😭
2026-05-22 14:07:22
12
nafisa250213
nafisa250213 :
Вижу это и не хочу смотреть
2026-07-06 18:38:48
1
nobody.meo
nobody :
До ужаса обидно за них :(
2026-06-23 01:49:30
1
karina_5394
karina :
можете пж сказать где можно посмотреть бесплатно?
2026-07-07 11:35:36
0
stoumi_
лунный лучик. :
сколько серий будет?
2026-05-24 13:16:14
0
vasywww2
vasywww🦇🧩 :
2026-06-29 03:03:33
2
k0harutt
кохару аче :
2026-05-28 12:33:06
2
kdrmx61
даын :
какая серия на 1,2 моменте
2026-08-01 17:27:08
0
hvessii
Hvessi 𝜗𝜚 :
2026-05-22 13:56:34
3
liss_ikkk4
😜 :
2026-06-29 19:38:04
0
kimdanbi_28
💜 Kim Danbi 💜 :
Жду Ёнбома в следующей серии, он очень покож на отца❤️
2026-05-23 19:55:46
6
kiogfk
Koala :
Надеюсь полицейские в конце ответят, которые с ним такое сотворили
2026-05-22 22:57:37
1
vaska.2146
𝓥𝓪𝓼𝔂𝓾𝓼𝓱𝓪 :
2026-05-22 15:39:54
3
hvessii
Hvessi 𝜗𝜚 :
прострелите оба
2026-05-22 13:56:27
1
askaakii
askakin :
2026-06-11 20:57:32
0
alisa02366
Ali-Saі02 :
💔😢
2026-06-02 04:08:05
0
bfodkdo
J :
😭😭😭😭
2026-06-04 14:54:01
0
To see more videos from user @bhjj_457, please go to the Tikwm homepage.

Other Videos

विशेष अनुसन्धान: सम्पत्ति शुद्धीकरणको घेरामा 'चोलेन्द्र नेटवर्क'का ६ पात्रको नालीबेली काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित ६ जनाको निवासमा छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। यो सञ्जालले चोलेन्द्रको कार्यकालमा बालुवाटार, अदालत र कर्पोरेट हाउसहरूमा 'समानान्तर सत्ता र वित्तीय सेटिङ' चलाएको देखिन्छ। १. चोलेन्द्र शमशेर जबरा (पूर्वप्रधानन्यायाधीश): आफ्नै नातेदार र विचौलियाहरूको बलियो सञ्जाल खडा गरेर न्यायलाई किनबेचको साधन बनाएको र मन्त्रिपरिषद् विस्तारमा 'भागबन्डा' (कोटा) मागेर आफ्ना जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउनेदेखि अनुकूल फैसला गराउनेसम्मका क्रियाकलापमा उनी संलग्न थिए। संसद्मा महाभियोग प्रस्ताव दर्ता भएका उनलाई अपराध अनुसन्धान कार्यालयले निवासबाटै नियन्त्रणमा लिएर १२ घण्टापछि छाडेको थियो। उनको मोबाइल र वित्तीय कारोबारको प्रमाणका आधारमा विभागले यो अपरेसन सुरु गरेको हो। २. दीपक तिमिल्सिना: राजनीतिक पृष्ठभूमि शून्य भए पनि चोलेन्द्रले कोटा मागेर मन्त्री बनाउन सिफारिस गरेका विवादास्पद पात्र। तिमिल्सिनाको न्याय क्षेत्रसँगको सम्बन्ध करिब डेढ दशक पुरानो हो, जुन नातावादमा आधारित थियो। सर्वोच्च अदालतका तत्कालीन रजिष्ट्रार रामकृष्ण तिमिल्सिना (काका) को पालामा उनी आईटी विज्ञका रूपमा नियुक्त भएका थिए। तर, २०७७ सालमा शैक्षिक प्रमाणपत्र माग गरेपछि सर्वोच्चबाट बाहिरिए। अदालतबाट बाहिरिए पनि तिमिल्सिनामाथि व्यावसायिक घराना र न्यायालयबीच ‘सेटिङ’ मिलाउने बिचौलियाको गम्भीर आरोप रह्यो। उनको कनेक्सन विवादित व्यवसायीहरू सतिशलाल आचार्य, सचिनलाल आचार्य र चोलेन्द्रका भाइ प्रभुशमशेरसँग रहेको र अदालतका ठूला सेटिङ उनकै इसारामा हुने गर्दथ्यो। तिमिल्सिना ओली सरकारमा पनि उत्तिकै सक्रिय थिए। विवादित व्यवसायी दीपक भट्टसँगै विभिन्न कम्पनीको लाइसेन्स दिलाउनमा उनी प्रत्यक्ष सक्रिय रहेका थिए। नयाँ स्टक एक्सचेञ्जमा एनआरएनएका उपेन्द्र महतो, जीवा लामिछाने, कूल आचार्य लगायतको लगानी रहेको नेशनल एक्सचेञ्ज लिएर मन्त्रिपरिषदबाट निर्णय गराउन उनी बालुवाटार धाउने गर्थे। हाल जेलमा रहेका दीपक भट्टकै नेतृत्वमा 'हिमालयन स्टक' दर्ता गर्ने र नीतिगत सेटिङ गर्ने खेलमा तिमिल्सिना अग्रपंक्तिमा थिए। ३. डा. नवराज थपलिया (पूर्वन्यायाधीश): उच्च अदालत सुर्खेत मातहतको जुम्ला इजलासमा कार्यरत रहँदा नै आचारसंहिता विपरीतका गतिविधि गरेपछि उनलाई सर्वोच्च अदालतमा काजमा तानिएको थियो। थपलियामाथि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेरका लागि सेवाग्राही र झगडियाहरूसँग घुस लेनदेनमा 'बिचौलिया'को काम गरेको गम्भीर आरोप लागेको थियो। छानबिनका क्रममा थपलियाले झगडियासँग कुराकानी गरेको, रकमको मोलाहिजा गरेको कल डिटेल्स र अडियो प्रमाण भेटिएपछि न्याय परिषद् ऐन, २०७३ को दफा १७ र १८ अनुसार छानबिन भई उनलाई बर्खास्त गरिएको थियो। धारा १४२ को उपधारा १ को खण्ड 'ग' बमोजिम खराब आचरण र आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको आधारमा पदमुक्त गरिएको थियो। ४. प्रभुशमशेर जबरा: पूर्वप्रधानन्यायाधीश चोलेन्द्रका भाइ प्रभुशमशेर जबरा यो सञ्जालका मुख्य पारिवारिक खम्बा हुन्। न्यायालयभित्र हुने सेटिङ र बिचौलिया (दीपक तिमिल्सिना, नवीन बस्नेत र सतिशलाल आचार्य) मार्फत संकलन हुने अवैध आर्थिक लेनदेनको व्यवस्थापन, पैसा लुकाउने सुरक्षित ठाउँ खोज्न र कालोधन विभिन्न व्यापारिक क्षेत्र वा घरजग्गामा लगानी गर्ने काम प्रभुशमशेरकै सेटिङमा हुने गरेको थियो। दाइ प्रधानन्यायाधीश भएको आडमा उनले प्रशासनिक क्षेत्र र ठूला ठेक्कापट्टामा समेत समानान्तर प्रभाव जमाएका थिए। ५. व्यवसायी नारायण दाहाल र नवीन बस्नेत: दूरसञ्चार, ठेक्का र सेटिङका अदृश्य साझेदार नवीन बस्नेत चोलेन्द्रका ज्वाइँ नाता परेका व्यक्ति हुन् भने नारायण दाहाल उनीहरूका निकटवर्ती व्यावसायिक साझेदार हुन्。 सर्वोच्च र भक्तपुर अदालतको अर्बौँको भवन निर्माण ठेक्कामा समानान्तर निर्माण सेवाका खरेलसँग मिलेर सेटिङ मिलाउने र अख्तियारको छानबिनसमेत ढिसमिस पार्न भूमिका खेलेको आरोप छ। अदालत र नीतिगत सेटिङबाट आर्जित करोडौँ अवैध धनलाई सुरक्षित रूपमा लुकाउने, घरजग्गा तथा अन्य शंकास्पद व्यवसायमा लगानी गर्ने साझेदारका रूपमा बस्नेत र दाहालमाथि विभागले अनुसन्धान सोझ्याउँदै घरमा छापा मारेको हो। निष्कर्ष: न्यायालयलाई आर्जनको थलो, बिचौलियालाई हतियार र आफन्तलाई साझेदार बनाएर राज्य संयन्त्रमाथि नै धावा बोल्ने यो 'चोलेन्द्र-दीपक-थपलिया र दाहाल' सम्मको सञ्जालमाथि सम्पत्ति शुद्धीकरण विभागले सुरु गरेको यो निर्मम अपरेसनले आगामी दिनमा देशको ठूलो नीतिगत र न्यायिक भ्रष्टाचारको जालो पूर्ण रूपमा भत्काउने संकेत गरेको छ। #fyp #cholendrashumsherrana #balenshah @Balen Shah

About