@saheba_206: भविष्य बनाउला भन्दै म परदेश पसेको दिनदेखि हाम्रो सम्बन्धलाई सानो ज्वरो आएको थियो, हामीले वास्ता गरेनौँ। अहिले त्यो आईसियुमा छ, र म… म आफैँ बिरामीको कुरुवा भएर बाँचिरहेको छु। म भन्छु— पैसा कमाउन समय बेच्नुपर्छ। उनी भन्छन सम्बन्ध जोगाउन समय मिलाउनुपर्छ। सम्झाउन सक्दिन तिमीलाई— सानु, सन्चो–बिसन्चो सोधेर फोन राखिदिए पुग्दैन र? हेर न, आज आउँदा–आउँदै ट्रेनमै निदाएँछु, केही समय खेर गयो। आज जिस्किने समय छैन, आज खाना पकाउने समय छैन, आज आफैँलाई सम्झाउने समय पनि छैन। समय मिलाउन खोज्दा–खोज्दै हाम्रो सम्बन्धले मौन व्रत बस्ने घोषणा गर्यो। यता स्ट्रेसले मेरो दिनचर्या खायो, निद्रा खायो, भोक खायो, अनि बिस्तारै… मेरो होस पनि खायो। आजकाल म हिँड्दा–हिँड्दै बाटो बिर्सन्छु, बोल्दा–बोल्दै शब्द बिर्सन्छु, नाम बिर्सन्छु। अस्ति त आफ्नै कोठाको ढोका अगाडि उभिएर केही बेर सोचिरहेँ— “म यहाँ बस्छु कि बस्दिन?” केटी मान्छेको कोठा यस्तो हुन्छ? छि! टेबलभरि छरिएका किताब, भुइँभरि झरेका कपाल, बाल्कोनीको छेउमा आधा पिएको निकोटिन, सिङ्कमा दुई दिनअघिको भाँडा, र ओछ्यानमा नसुतिएको निद्रा। हेर न— हाम्रो सम्बन्ध बिरामी परेको दिनदेखि मेरो कोठा पनि बिरामी छ। भित्ताहरू चुप छन्, तर मलाई लाग्छ राति–राति तिनले मेरो नाम लिएर रुन्छन्। तैले बिर्सेकै होस् भनेर सम्बन्धको ढोकामा ताल्चा लगाएको दिन मेरो होस पनि हरायो। अहिले कोठाको डोरबेल बज्छ— दौडिएर फोन हेर्छु, सायद तिम्रो मेसेज होला भनेर। ढोका खोल्छु— बिलका चिठ्ठी। तर म… म ती चिठ्ठीमा पनि तिम्रै नाम खोज्छु। मानिसहरू भन्छन्— परदेश गएपछि मान्छे बलियो हुन्छ रे। सायद झुट बोल्छन्। म त कमजोर भएँ। यति कमजोर कि कहिलेकाहीँ राति एक्लै कोठामा कराएर रुन्छु, अनि डर लाग्छ— छिमेकीले सुने भने के भन्लान्? तर त्यसपछि फेरि सोच्छु जसले वास्ता गर्थ्यो , उ मौन ब्रत बसेको छ जुन दिन ब्रत तोडेर फर्किन्छ मलाई सोध्ला ''तिमि ठिक छ्यौ नि? '' हेर न, तिमी समय पाएनौ भनेर रिसाएर मौन बस्यौ, म समय कमाउन दौडिरहेँ। बीचमा हाम्रो सम्बन्ध मर्यो कि बाँचेको छ— कसैले हेरेन। अहिले कहिलेकाहीँ आफ्नै छायाँसँग कुरा गर्छु। आफ्नै नाम लिएर सोध्छु— “सन्चै छस्?” अनि आफैँ जवाफ दिन्छु— “छैन… सम्बन्ध बिरामी परेको दिनदेखि म पनि अलिअलि मरिरहेको छु।”
शब्द साहेबा
Region: JP
Sunday 24 May 2026 14:01:06 GMT
Music
Download
Comments
ANU❤️💔❤️🩹 :
Having goosebumps reading this… thank you for emotional post 🙏
2026-07-19 01:59:13
0
amir♏️ :
हाम्रो त छैन बहिनी त्यस्तो । हामी त ज्याला मज्दुरी गर्न आएको । कम्पनीले बस्न र लाउन देको छ । सुत्न नि पाएकै छ । अनि हामी कहाँ छौँ नि , खाँडिमा छौ 😊😊😊 ८ वर्ष भयो बहिनी आएको कहिल्यै तेस्तो भएन । अझ अहिले मध्यपुर्वी देशमा के भइ रहेको छ त्यो पनि थाहा नै होला के रे बहिनीलाई । 🙏🙏
2026-05-27 05:10:16
5
कृष्ण कुमार परियार :
नमस्कार मैले बाचन गर्ने अनुमति चाहे है।
2026-05-27 12:08:21
2
Gurash Lho :
yes my abroad life 🥺💔
2026-06-13 15:55:51
0
Aachariya. :
Note:-
Hello writer, Malai kasto yoo bachan garna man layo permission dinus na pleaseee.☹️
2026-05-26 13:38:41
2
Ⓜ️ohan Adhikari🇳🇵🇰🇷 :
aau hami Maya lau
2026-05-25 12:33:28
2
subedi266 :
Exactly
2026-05-25 03:27:23
1
SAn_GaM🍁 :
Kati Ramro lekh copy garey hai ❤️
2026-07-05 04:30:50
0
🤟BS 🖤🔐 :
Yi shabdama maile aafailai paya🥺 Marmik mitho 🥰
2026-06-20 12:14:06
0
🔥Flower🔥❌️⭕️ :
dami dami
2026-06-27 04:21:17
0
☘️युवराज ☘️😎"(PRINCE ") :
लेखनमा सबै चिज पोखिएको पाए । सायद सम्बन्ध नभएको भए साहित्यको जन्म हुनेनै थिएन । मिलन बिछोडको बेदना पोख्न साहित्य जन्मेको हो जस्तो लाग्छ । 🥰🥰 वाह क्या लेख। क्या शब्दको बाण । यस्तो लाग्यो चामल र कोदो मिसिएको ठाउबाट कोदो टिपे जस्तै एक एक खोजेर लेखिएको कहर
2026-05-27 05:15:19
2
birog17 :
म मान्दिन….पैसा कमाउन समय बेच्नु पर्छ भन्ने..?अनि सम्बन्ध जोगाउन समय मिलाउनु पर्छ यदि जीवनको शुत्र धार बुझ्न सके बिरामी पनि ओखति बिना निको हुन्छ मैलं थुप्रै देखेको छु…॥
2026-06-03 16:11:54
2
रुबिना तामाङ :
lots of love..😭💕
2026-05-25 10:06:29
0
Bishnu Pokharel :
बास्तबिकता यहि हो साहिबा सघर्ष सबै को नसिब मा काहा रानि बन्न लेखेको हुन्छ र रानि बन्न को लागि कहिले काहि खरानि बन्नु पर्छ💕💕
2026-06-01 04:59:44
1
Badal Subedi :
Omg aasu nai aayo
2026-05-25 05:49:05
1
thakursinghgurung453 :
सुन्दर ❣️❣️❣️
2026-05-24 16:31:54
1
Radhe,radhe🙏❣️ :
यस्तो पनि बिगत थिए जसको याद आयो...
2026-05-25 00:27:45
1
Ramesha Rana :
याद आयो ति क्षणहरू… 🫧
2026-05-24 15:06:05
1
@basyalsuman05 :
मेरो बर्तमान ।🙏
2026-06-24 12:29:59
0
g.m.🌹 :
कस्तो मुटु मै छोयो अनुमति पाए मैले नी बाचन गर्ने थिए कृपया 🙏♥️
2026-07-14 17:13:38
0
🇳🇵Rajendra(तुला)🇳🇵✈️🇰🇷 :
भविष्य बनाउन प्रदेश भासिएपछी
गन्तव्य भेटाउने आशामा
सोझै भएको बाटोमा पनि
खै !
कसरी भनु प्रत्येक मिनेटमा
पाइला रोक्नु पर्यो भनेर ।
साहेबा,
भविष्य त त्यही पो छोडिएछ
2026-05-29 09:22:25
2
baikunthabista20 :
उनिहरुले आफ्नो स्वार्थको लागि मलाई राम्रो प्रयोग गरेका रैछन म बुझे भाग्यले बाचे उ दुर्भाग्य समाप्त भयो
2026-06-19 17:31:21
0
Aadi😘😘😘😘 :
station Mai roideya yr ma 😭😭😭😭😭😭
2026-07-13 23:17:32
0
Shadow :
🥺🥺
2026-05-25 01:32:10
1
To see more videos from user @saheba_206, please go to the Tikwm
homepage.